२०८३ कार्तिक १२ गते बुधबार

साउन सुरु भएसँगै पशुपतिमा बढ्न थाल्यो भिड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १
Pashupatinath Saun (7)

काठमाडौँ- साउन महिनाको पहिलो दिन कर्कट सङ्क्रान्तिको अवसरमा काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको बिहानबाटै बाक्लो उपस्थिति देखिन्छ।

भगवान शिवको आराधनाका लागि विशेष मानिने यस महिनामा भक्तजनहरू हरियो चुरा, माला लगाउने, मेहँदी लगाउने र व्रत बस्ने परम्परा पालना गर्दै पशुपतिनाथमा पूजा अर्चना गर्न पुग्छन्।

श्रावणको सुरुवातसँगै मन्दिर परिसर श्रद्धालुहरूको भीडले भरिएको छ।

हरिशयनी एकादशीदेखि सुरु भई हरिबोधिनी एकादशीमा समाप्त हुने चतुर्मासको पहिलो महिना र शिव उपसना महिना भएकाले श्रावणको विशेष महत्व रहेको पाइन्छ।

श्रावण महिना देशभरका शिवालयहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ। यसै सिलसिलामा विश्वका सनातनीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा विशेष तयारी भइरहेको छ।

श्रावण महिनाभरि शुद्ध आहार गर्ने र सोमबार शिवजीको उपासना एवं व्रत गर्ने परम्परा रहेकाले यो महिनाभर पशुपतिनाथ मन्दिरमा भीड लाग्ने गर्दछ। श्रावणभर पाशुपत क्षेत्रमा दर्शन गर्न आउने बाहेक यज्ञ, मेला, महोत्सव समेत हुने भएकाले पशुपति विकास कोषले विशेष तयारी गरिरहेको छ।

विशेषगरी श्रावण महिनाको हरेक सोमबार (साउन ५, १२, १९ र २६) को दिन भक्तजनको अत्यधिक भीड लाग्ने भएकाले विकास कोषले स्वयंसेवक परिचालन, सुरक्षा व्यवस्था, पार्किङ व्यवस्थापन, दर्शनका लागि लाइन व्यवस्थापन लगायतका तयारीहरू सम्पन्न गरिसकेको कोषका कार्यकारी निर्देशक सुभाष चन्द्र जोशीले जानकारी दिए।

‘नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, पर्यटक प्रहरी, स्वयंसेवक र स्थानीय संघ–संस्थाहरूसँग समन्वय गर्नेगरि बैठक सम्पन्न भइसकेको छ। हाम्रो व्यवस्थापनले पनि आफ्नो तर्फबाट गर्ने कार्यहरु सयुक्त रुपमा कुन कुन पक्षले के के गर्ने भनेर आ–आफ्नो भूमिका प्रभावकारी बनाउने प्रयासमा छौं। सबैसँग तयारीबारे छलफल गरेका छौं। पशुपतिनाथको दर्शनलाई सहज बनाउनेगरी काम भइरहेको छ,’ नेपाल न्यूज बैंकसँगको कुराकानीमा जोशीले भने।

दर्शनका लागि आएका भक्तजनहरुका सवारी साधन पार्किङका लागि बनकाली, उमाकुण्ड र भण्डारखालतर्फ व्यवस्था मिलाइएको छ भने परिषद्भित्रको पार्किङ पनि सञ्चालनमा ल्याइने कार्यकारी निर्देशक जोशीले बताए।

दर्शनलाई सहज बनाउन लाइन र जुत्ता–चप्पल व्यवस्थापनमा स्थानीय क्लबहरूको सहकार्यमा काम भइरहेको समेत उनले जानकारी दिए।
यसैगरी कोषले शारीरिक रुपमा अशक्त, वृद्धवृद्धा, महिलालगायत सबै भक्तजनलाई सहयोग पुगोस् भनेर साउनको सोमबार बिहान ४ बजेदेखि ९ बजेसम्म रिङरोड परिक्रमा गर्ने दुई रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने जनाएको छ।

एउटा रुट गौशालाबाट एयरपोर्ट हुँदै कोटेश्वर जाने र अर्को रुट गौशालाबाट चावहील, महाराजगञ्ज हुँदै पुनः रिङरोडमा फर्किने समेत उनले बताए। उनले भने, ‘यो वर्ष ५, १२, १९ र २६ गते पर्ने श्रावणको सोमबारमा चक्रपथ क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गर्दैछौं। विशेष गरेर वृद्धावृद्धहरु, भिन्न क्षमता भएका भक्तजनहरु, महिलाहरु एवम सबैका लागि रिङ्रोड राउण्डमा बिहान ४ बजेदेखि ९ बजेसम्म निःशुल्क बस सञ्चालन गर्ने योजना बनाएका छौं।’

यसैगरी सञ्चारमाध्यमबाट सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउन यसपटक स्थायी मिडिया सेन्टरको पनि स्थापना गरिने कोषका कार्यकारी निर्देशक जोशीले बताए। उक्त केन्द्रबाट पत्रकारहरूले प्रत्यक्ष जानकारी लिन सक्नेछन्।

श्रावणी मेलामा भारतीय तीर्थयात्रीको उल्लेख्य आगमन हुने भएकाले भेटी व्यवस्थापन र धार्मिक कार्यक्रमको अनुमति प्रक्रियामा पनि कोषले विशेष ध्यान दिएको छ। यस्ता कार्यक्रमहरूबाट कोषलाई आर्थिक आम्दानी हुने भए पनि, यसको मुख्य उद्देश्य धार्मिक र सांस्कृतिक मूल्यमान्यता कायम राख्नु रहेको जोशीले बताए।

उनले भने, ‘भेटी पनि सम्भवत बढ्न सक्छ। किनभने भारतीय तिर्थ यात्रुहरुको पनि एकदमै ठूलो आवगमन हुने देखिएको छ। पशुपति क्षेत्रभित्र हामीले धार्मिक र सांस्कृतिक विषेश गरेर धार्मिक कार्यक्रम गर्नको लागि अनुमति दिने गरेका छौँ र त्यसको निश्चित शूल्कहरु लिन्छौँ। त्यसबाट कोषलाई हुने आर्थिक आर्जन त देखिने हिसाबले भयो तर त्यसको सनातनी धार्मिक महत्व फरक रहनेछ।’

पशुपतिनाथ मन्दिरमा श्रावण महिनामा हुने श्रावणी मेलालाई केवल धार्मिक उत्सवको रूपमा मात्र नभई, सांस्कृतिक एवं पर्यटन प्रवद्र्धनको अवसरको रूपमा लिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कार्यकारी निर्देशक जोशीका अनुसार, ‘दर्शनार्थी जुन उद्देश्यले आए पनि उनीहरू पशुपतिनाथ क्षेत्रमा आइपुग्छन। त्यो नै मन्दिरको प्रतिष्ठा र मान बढ्ने एउटा महत्वपूर्ण पक्ष हो।

श्रावणी मेलाको व्यवस्थापनमा कोषले स्थानीय क्लब, राष्ट्रिय संस्था, संघसंस्था, स्वयंसेवी संस्था र सुरक्षा निकायसँगको सहकार्यलाई विशेष प्राथमिकता दिएको छ। जोशीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सबै सुरक्षासंस्थालाई निकायहरूसँग समन्वय गरेर काम गरिरहेको बताए।

यस वर्ष कोषका प्रशासनिक जिम्मेवारी सम्हाल्ने कर्मचारीहरू श्रावण महिनाभर साउनको सोमबार, शनिबार तथा नागपञ्चमी जस्ता पर्वहरूमा फिल्डमै खटिनेछन्। ‘हामीकहाँ फिल्डमा काम सुरु भइसकेको छ, केवल निर्देशन होइन, सहभागितामूलक व्यवस्थापनमा हामी विश्वास गर्छौं,’ जोशीले भने। यसपटक कोषले परिषद्का सदस्यहरूलाई अभिभावकीय भूमिकामा प्रस्तुत हुन आह्वान गरेको छ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित: २०८२ साउन १ गते बिहिबार ०९:५७
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना