काठमाडौँ- चक्रपथ विस्तारको दोश्रो खण्ड कलंकीदेखि सुकेधारा धोबीखोला सडक वर्षासँगै घाँस र झार उम्रेर हरियाली भएको छ। सडक विस्तारमा ढिला गरिंदा हाल घाँस र झारले सडक छोप्नै लागेको छ।
करिब ८ वर्षदेखि सडक विस्तार कार्य अस्तव्यस्त रहेको चक्रपथ दोस्रो खण्डका केही स्थानमा सर्भिस लेन निर्माण कार्य सकिए पनि प्रमुख लेन निर्माणको काम अगाडि बढ्न सकेको छैन।
चीन सरकारको अनुदान सहयोगमा विस्तार गर्न लागिएको सो खण्डमा चिनियाँ टोलीले विभिन्न अध्ययन र डिजाइनका काम अगाडि बढाए पनि बाँकी काम हुन सकेको छैन।
हाल कलंकीदेखि नारायणगोपाल चोकसम्म सडकको दायाँबायाँ घाँस र झारले सडक नै ढाकेको छ।
त्यसैगरी नारायणगोपाल चोकदेखि चप्पल कारखाना सम्मको ७ सय मिटर सडक विस्तारको काम पनि निकै सुस्त गतिमा भइरहेको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


