काठमाडौँ- सिन्धुली, रामेछाप र काभ्रेको सङ्गम कुशेश्वर मन्दिर क्षेत्र रोशी र सुनकोसीको मिलनबिन्दु पनि हो। यो ठाउँ हिन्दुका साथै बौद्ध धर्मावलम्बीहरूको पनि आस्थाको केन्द्र हो।
नेपालथोकमा पर्ने यो ठाउँ बीपी राजमार्गसँगै जोडिएको छ। महाशिवरात्रि, हरिबोधिनी एकादशी, तिज, जनैपूर्णिमा, बालाचतुर्दशी, अक्षयतृतीया, बडादसैँ, चैते दसैँ आदि पर्वहरूमा यहाँ मेला लाग्ने गर्छ।
यस मन्दिरमा विशेष गरी रामेछाप, सिन्धुली, काभ्रे, दोलखा तथा काठमाडौँ उपत्यकाबाट भक्तजन आइपुग्छन्।
ड्रोनबाट लिइएका तस्बिरहरू


