२०८३ कार्तिक १२ गते बुधबार

काठमाडौँमा किरणकला प्रदर्शनी [तस्बिरहरू]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ९
Kiran Manandhar Exhibition (9)

काठमाडौँ- अग्रज कलाकार किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी काठमाडौंमा चलिरहेको छ। ठमेलस्थित म्युजियम अफ नेपाली आर्ट, काठमाडौं आर्ट हाउस, काठमाडौं गेष्ट हाउस र केजीएच पाटनमा एकसाथ प्रदर्शनी सुरु भएको हो।

प्रदर्शनी सेप्टेम्बर महिनाको अन्त्यसम्म हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुला हुनेछ। चार दशकभन्दा बढी समयदेखि चित्रकला यात्रामा क्रियाशील मानन्धरका सशक्त, आवेगपूर्ण, गहिरा र आत्मीय चित्रहरूले यो प्रदर्शनी भरिएको छ। प्रदर्शनी उनको सिर्जनात्मक यात्राको संक्षेप मात्र नभई एक दृश्य आत्मालोचनासमेत हो।

प्रदर्शनीका प्रमुख क्युरेटर राजन शाक्य भन्छन्, ‘प्रकाशमा उज्यालो देखाउने कुनै आवश्यकता हुँदैन। किरण मानन्धर आफैंमा उज्यालो हुन्।’

‘म चित्रकलाका लागि बाँच्दछु, म आफैं चित्रकलाको अस्तित्व हुँ’ भन्छन् नेपाली समकालीन चित्रकला क्षेत्रमा जीवन समर्पण गरेका कलाकार मानन्धर। कला उनका लागि योजना होइन, आत्मप्रवाह हो। उनी स्मृति, आध्यात्मिकता, प्रकृति र आत्मसंवादबाट प्रेरणा लिन्छन्। मानन्धरका अनुसार कलाकारको उपस्थितिभन्दा पनि उनको अनुपस्थितिमा कला अझै बढी बोल्छ, किनभने कला स्वयं आत्माको आवाज हो।

यो प्रदर्शनीले मानन्धरको कलालाई केवल ग्यालरीको भित्तामा मात्र होइन, दैनिकीका वस्तुहरूमा पनि सार्थक रूपमा प्रस्तुत गरेको छ।

 

प्रकाशित: २०८२ साउन ९ गते शुक्रबार १२:२२
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना