२०८३ कार्तिक १२ गते बुधबार

डोटीमा वर्षे रोपाइँ सुरु

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ १७
Dhan Ropne kaam suru
दिपायल –डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चनकुडामा रोपाइँका लागि धानको बिउ उखेल्दै किसान। तस्बिर : चक्र मल्ल/रासस

डोटी – डोटीका विभिन्न स्थानमा वर्षे धान रोपाइँ सुरु भएको छ। सिँचाइ समस्या नभएका खोला तथा ढाप खेतमा धान रोपाइँ सुरु भएको हो।

खोलीखेका फाँटमा अहिले वर्षे धान रोप्ने चटारो छ। विशेष गरी खोला खेतमामा हलगोरुले रोपाइँ गर्न किसान व्यस्त छन्।

जिल्लामा करिब १० हजार हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइने कृषि ज्ञानकेन्द्र डोटीको दाबी छ। जिल्लाको बोगटान फुड्सिल, बडीकेदार र जोरायल गाउँपालिकालगायतका ठाउँमा धमाधम रोपाइँ सुरु भएको छ।

कृषि ज्ञानकेन्द्र डोटीका अनुसार जिल्लामा ३२ हजार दुई सय ७६ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्यमध्ये करिब  २५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा खेती गर्दै आए पनि  १० हजार छ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। जिल्लाका अधिकांश पाखा खेतमा भने साउनसम्म पनि रोपाइँ हुने गर्दछ।

पछिल्ला वर्षमा श्रमशक्ति र रोपाइँका लागि गोरुको अभाव हुँदै आएको छ। गोरुको अभाव भएसँगै अधिकांश कृषकले पछिल्ला वर्षहरुमा हाते ट्र्याक्टरको प्रयोगबाट पनि खेत रोप्दै आएको ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए।

जिल्लाका किसानले राघा, सुक्का तिन, हल्दीनाथ, खुमल,  पाल्लपाली, कुशुम, राधा ४,  झिनुवा, मार्सी बाँकी स्थानीय जातका धान लगाउँदै आएका छन्।

सिँचाइका लागि राम्रो व्यवस्था गर्नसके जिल्लामा धान खेती पनि विस्तार गर्न सकिने बडीकेदार गाउँपालिका कृषि  शाखा प्रमुख सुरेन्द्र शाहले बताए।

स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले किसानका लागि सिँचाइ योजना बनाई बाह्रै महिना सिँचाइको सुविधा विस्तार गर्नसकेमा डोटीका अन्य फाँटमा पनि समयमै वर्षे धान रोप्न सकिने  भएकाले  सरकारले सिँचाइ सुविधा वृद्धिमा ध्यान दिन जरुरी रहेको बडीकेदार–५ का किसान तेज भुमीले बताए।

साथै स्थानीय सरकारबाट उन्नत जातको धानको बीउसँगै मलखादको व्यवस्था भए किसानलाई राहत हुने पनि भूमीले बताए।

प्रकाशित: २०८० जेठ १७ गते बुधबार ०५:१५
प्रतिक्रिया

थप समाचार

देशका यी स्थानमा छ आज वर्षाको सम्भावना

काठमाडौँ- आइतबार कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा वर्षा हुन सक्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ। बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने र देशका अन्य...

आजको मौसम : पहाडी भेगमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम बुलेटिनका अनुसार आज कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक रही बाँकी...

आजको मौसम : यी प्रदेशमा आंशिक वर्षाको सम्भावना

काठमाडौँ - हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम...

कोशी, बागमती र गण्डकीका केही ठाउँमा सामान्य वर्षाको सम्भावना

काठमाडौँ - देशका केही भागमा सोमबार वर्षाको सम्भावना रहको जनाइएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही भागमा हल्का वर्षा हुने छ। यद्यपि ठूलो वर्षाको भने...

पश्चिमी न्यूनचापीय प्रणालीको असरः सोमबार र मंगलबार देशभर वर्षा र हिमपात हुने

काठमाडौं - पश्चिमी न्यूनचापीय प्रणालीका कारण सोमबार र मंगलबार देशभर वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार साँझ पश्चिमी भूभागमा बादल प्रवेश गर्न शुरु...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना