काठमाडौँ – देशका केही भागमा सोमबार वर्षाको सम्भावना रहको जनाइएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही भागमा हल्का वर्षा हुने छ। यद्यपि ठूलो वर्षाको भने सम्भावना नरहेको महाशाखाले जनाएको छ। बागमती प्रदेशमा वर्षाको सम्भावना रहे पनि काठमाडौं उपत्यकामा भने वर्षाको सम्भावना छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।
अहिले बिहान कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ। तराईका थोरै भागमा हुस्सु लागेको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ।


