२०८३ कार्तिक ११ गते मङ्गलबार

किसानलाई दूधको उचित मूल्य खोइ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ९
milk
फाइल तस्बिर

दाङ: यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्।

दूध उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने र उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या रहेको देखिएको छ। उत्पादनदेखि उपभोक्तासम्म पुग्ने क्रममा हुने लागत र मुनाफाको पारदर्शी विवरण सार्वजनिक हुनुपर्ने किसानहरूको माग छ। किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने हो भने दूधको उचित मूल्य सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ छ।

किसानबाट न्यून मूल्यमा दूध खरिद गर्ने डेरी तथा व्यवसायीले उपभोक्तालाई महँगोमा बिक्री गर्दा उत्पादनकर्ता र उपभोक्ता दुवै प्रभावित भएका छन्। घोराही उपमहानगरपालिका–२ रामपुरमा ग्रिन लक्ष्मी गाई तथा भैँसी फार्म सञ्चालन गर्दै आएका गोपाल खनालले दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गर्छन्।

उत्पादित दूधमध्ये करिब ६५ लिटर डेरीलाई बिक्री गर्ने गर्नुभएको छ भने बाँकी दूध घरघरमा उपभोक्तालाई बिक्री गर्दै आएको बताउँछन्। खनालका अनुसार डेरीलाई दूध बिक्री गर्दा भैँसीको दूधको प्रतिलिटर रु ७५ भन्दा बढी मूल्य पाउने अवस्था छैन।

गाईको दूधको मूल्य भने प्रतिलिटर रु ६५ मूल्य पाउने गरेका छन्। तर, त्यही दूध डेरी व्यवसायीले उपभोक्तालाई प्रतिलिटर रु एक सय सम्ममा बिक्री गर्ने गरेका छन्। गाई र भैँसीको दूध छुट्टाछुट्टै उत्पादन लागत भए पनि उपभोक्ताले भने दुवै प्रकारको दूधका लागि करिब समान मूल्य तिर्नुपर्ने अवस्था रहेको उनले बताए।  “मूल्य निर्धारण गर्दा कृषकको सहभागिता समेत गराइँदैन,” उनले भने।

दूध उत्पादनमा लाग्ने दाना, चोकर, घाँस, औषधि तथा पशु उपचार लगायतको खर्च बढ्दै गए पनि किसानले पाउने मूल्य सोही अनुसार वृद्धि हुन नसकेको उनले बताए। उत्पादन लागत बढ्दै जाँदा किसानको आम्दानी घट्ने अवस्था आएको उनको भनाइ छ।

किसानको लागत बढे पनि दूधको मूल्यमा अपेक्षित वृद्धि नभएको अवस्थामा डेरी व्यवसायीले भने दूधबाट उत्पादन हुने दही, पनिर र घिउको मूल्य बढाएका छन्। व्यवसायी समिति घोराहीले असोज १५ गतेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेका हुन्। लागत वृद्धि भएको कारण देखाउँदै ती वस्तुको मूल्य बढाएको जनाएका छन्।

हाल दही प्रतिलिटर रु १४०, पनिर प्रतिकिलो रु ९०० र घीउ प्रतिकिलो रु एक हजार ४५० बनाएका छन्। घोराहीका एक कृषकले प्रतिलिटर रु ७० देखि ७५ सम्ममा दूध बिक्री गर्ने गरेको बताउँछन्।

आफैँले मोटरसाइकलमा सम्बन्धित स्थानसम्म दूध पुर्याउने भएकाले प्रतिलिटर रु ७५ सम्म मूल्य पाउने गरेको उनको भनाइ छ। तर, दूध बजारसम्म पुर्याउँदा हुने यातायात खर्च, समय र श्रमका कारण वास्तविक आम्दानी अझ कम हुने गरेको बताए।

लगानी र श्रम गरे पनि मूल्य निर्धारणमा आफूहरूको भूमिका कमजोर रहेको किसानको गुनासो छ। पशुपालनका लागि आवश्यक दाना, औषधि, श्रमिक, विद्युत्, पानी तथा पशु स्वास्थ्य सेवाको लागत बढ्दै गए पनि दूधको मूल्य भने लागतअनुसार समायोजन हुन नसकेको उनीहरूको भनाइ छ।

किसानहरूले दुधको मूल्य निर्धारण गर्दा उत्पादन लागतको वैज्ञानिक हिसाब गर्नुपर्ने, किसानको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र बजारसम्म दूध पुर्याउँदा लाग्ने खर्चको पनि मूल्याङ्कन गर्नुपर्ने माग गरेका छन्।

प्रकाशित: २०८३ कार्तिक ९ गते आईतबार ०२:३८
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना