काठमाडौँ- साउन महिनाको दोस्रो सोमबार आज हिन्दू धर्मावलम्बी र शिवपूजकहरूका लागि विशेष महत्त्व राख्ने दिन हो।
बिहानैदेखि डोलेश्वर महादेवसहित देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ।
वर्षाबिच पनि श्रद्धालु बिहानै मन्दिर दर्शन गर्न पुगेका छन्।
यो दिन व्रत बस्दै शिवलिङ्गमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने परम्परा छ।


