काठमाडौँ- विश्व बाघ दिवसको अवसरमा मंगलबार जावलाखेलस्थित केन्द्रीय चिडियाखानामा बाघ हेर्नेहरूको संख्या उल्लेख्य पुगेको छ।
रोयल बेंगल जातका ५ बाघमध्ये ‘बघौरा’ (नर) र ‘महारानी’ (पोथी) हेर्न दर्शकहरूको भिड लागेको थियो।
नेपालमा सन् २०२२ को बाघ गणनाअनुसार ३५५ वटा बाघ छन्।
१२ वर्षअघिको तुलनामा सन् २०२२ मा बाघको संख्या तीन गुणाले वृद्धि भएको हो।
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी


