काठमाडौँ- बुधबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा जान कलाकारहरूले रुचि देखाएका छन्।
चारपांग्रे र दुईपांग्रे सवारीसाधन प्रदर्शनीमा राखिएपछि त्यहाँ शनिवारको भिडभाड बढेको थियो। अटो शो हेर्न चलचित्र ‘माग्ने राजा’को टोली पनि पुगेको थियो।
एक्स्पोमा १८ वटा दुईपाङ्ग्रे र २३ वटा चारपाङ्ग्रेसहित ७ वटा कमर्सियल भेहिकल ब्रान्डका स्टल छन्। एक्स्पो साउन २५ गतेसम्म चल्नेछ।
नाइमामा राखिएका कारहरू
नाइमामा राखिएका बाइकहरू
तस्बिर : नेपाल फोटो लाइब्रेरी


