२०८३ कार्तिक १६ गते आईतबार

पर्वत समाजको आयोजनामा शनिबार बृहत रक्तदान कार्यक्रम हुँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २८
7824ab7a-2bcb-4595-b193-c8d6c6a3357a

काठमाडौंः पर्वत समाजले काठमाडौं साउन ३१ गते शनिबार बृहत रक्तदान तथा भेटघाट कार्यक्रम आयोजना गरेको छ। पर्वत जिल्लामा जन्मेर काठमाडौं र देश तथा विदेशमा रहनुभएका पर्वतबासीलाई एउटै मालामा जोड्ने उद्देश्यले स्थापित पर्वत समाजले आफ्नो पहिलो गतिविधिका रुपमा रक्तदान तथा भेटघाट कार्यक्रम आयोजना गरेको हो।

काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय रक्त सञ्चार सेवामा शनिबार ११ बजेदेखि सुरु हुने रक्तदान जस्तो पवित्र कार्यमा सरिक हुन काठमाडौंमा रहेका पर्वतबासी तथा सम्पूर्ण रक्तदातालाई समाजले आह्वान गरेको छ। पर्वतबासीबिच निकट परिचय, चिन्तन, सहयोग आदान-प्रदान लगायतका काम गर्ने लक्ष्यसहित स्थापना भएको संस्थाको कार्यक्रममा सहभागी हुन समाजका अध्यक्ष गणेश शर्माले अनुरोध गरे। ‘हामी २०८२ जेठमा दर्ता भएका हौं र हाम्रो पहिलो कार्यक्रम रक्तदान र भेटघाट आयोजना गरेका छौं,’ उनले भने, ‘रक्तदान जस्तो महान कार्यमा सहभागी हुँदै भेटघाट गर्न सबै ३१ गते शनिबार ११ प्रदर्शनीमार्गमा आउनुहुन हार्दिक निमन्त्रणा गर्दछु।’

समाजले पहिलो चरणमा पेसा व्यवसायको शिलशिलामा पर्वत जिल्लाबाट काठमाडौं उपत्यका आई अस्थायी तथा स्थायी रुपमा बसोबास गर्दै आउनुभएका सम्पूर्ण पर्वतवासीलाई जोड्दै आपसी एकता, समन्वय र भातृत्वको भावना अक्षुण राखी आफूले आर्जन गरेको सिप र दक्षताको पर्वत जिल्लाको विकास र उत्थान गर्नका लागि नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह लगायत विभिन्न दातृनिकाय, सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य र साझेदारी गर्न पहल गर्न, जिल्लामा रहेका विभिन्न सामाजिक मूल्य, मान्यता, संस्कृति, परम्परा र रीतिरिवाजको जगेर्ना गर्दै समाजका विविध कार्यमा आपसी सद्भाव, सहकार्य गर्दै चौतर्फी विकासमा टेवा पुर्‍याउने र समतामूलक समाजको सिर्जना गर्न, पर्वतवासीको हकहित तथा दुखः सुखमा सहयोग आदानप्रदान गर्ने जनाएको छ।

समाजले पर्वतका सातै पालिकाका प्रतिनिधिहरु सहभागी भएर दर्ता भएको संस्थामा जोडिन सम्पूर्ण पर्वतबासीलाई आह्वान समेत गरेको छ। समाजका महासचिव टिकाराम कार्कीले संस्थाले आफ्नो सदस्यता बिस्तारलाई पनि तिब्रताका साथ अगाडि बढाएकाले यस संस्थाको सदस्य बन्न सम्पूर्ण पर्वतबासीलाई आह्वान गरे।

प्रकाशित: २०८२ साउन २८ गते बुधबार ०७:५१
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना