२०८३ कार्तिक १२ गते बुधबार

आइटी सोख मात्रै होइन, अनिवार्य आवश्यकता

 |  केपी ओली
Sanket

केपी ओली

काठमाडौँ, भदौ २
kp_sharma

आज सूचना र सञ्चार प्रविधि, आइसिटी अथवा आइटी सुशासनका लागि मात्र होइन, विकास र मानिसको दिनचर्याका लागि अपरिहार्य भइसकेको छ। हामी आइटीविना चल्नै नसक्ने अवस्थामा पुगिसकेका छौं। पहिलो कुरा, आइटीको प्रयोग केका लागि भन्दा देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सुव्यवस्थित बनाउन, मानव समाजलाई अझ सभ्य, अझ परिष्कृत, अझ उन्नत बनाउन र देशमा सुशासन अझ सुदृढ गर्न, आइटीको प्रयोगलाई सुशासनको सहयोगीको रूपमा, समाजको सुप्रबन्धका लागि सहयोगीको रूपमा, करप्सन कन्ट्रोलका लागि सहयोगीको रूपमा र जनतालाई सेवा सुविधा पुर्‍याउने कुरामा सहयोगीको रूपमा आइटीलाई प्रयोग गर्न चाहन्छौं।

आइटी एउटा सोख मात्रै होइन, अनिवार्य आवश्यकता बनेको छ। आइटीले हाम्रो विकासलाई तीव्रता दिनुपर्दछ। टेक्नोलोजी भनेकै त्यै हो, जसले विकासलाई व्यापकता र तीव्रता दिन्छ। नवीनता त्यसको लागि आवश्यकता छ र नवीनता दिन्छ। यसले समाजमा पारस्परिक रूपमा मानवीय भावना, पारस्परिक प्रेम, सद्भाव, सहिष्णुताको विकासका निम्ति सहयोग गर्नुपर्दछ। हामीले सूचना प्रविधिलाई त्यसै हिसाबले प्रयोग गर्नुपर्दछ। यही कुरालाई ध्यानमा राखेर हामीले आइटीलाई डिजिटल नेपालको नाराका साथ अगाडि बढाएका छौं। सिङ्गै देशलाई डिजिटलाइज्ड गर्ने र त्यसको अधिकतम सदुपयोग गर्ने। त्यसैअनुसार नै म अघिल्लोपल्ट प्रधानमन्त्री हुँदैदेखि डिजिटल नेपाल फ्रेमवर्क बनाएका थियौं।

अहिलेसम्मका अनुभव र प्रगतिहरूलाई हेरेर हामीले ‘फ्रेमवर्क टु जिरो’ अर्को चरणमा प्रवेश गरेका छौं र त्यस फ्रेमवर्कलाई अगाडि बढाउँदैछौं। म यस प्रविधिको प्रयोगलाई शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा र अरु विभिन्न क्षेत्रहरूमा पनि यसको सदुपयोग गरेर समाजलाई लाभान्वित गराउने पक्षमा म आफैँ पनि क्रियाशील रहेको छु। सरकार क्रियाशील रहेको छ र हामी हरेकले यस सन्दर्भमा प्रयास गर्नुपर्दछ। हामीले एउटा मात्रै सानो उदाहरण दियौं भने गत वर्ष नेपालको एसइईको परीक्षाको नतिजामा पास हुनेको सङ्ख्या ४८ प्रतिशतभन्दा कम थियो  र गत वर्षबाट हामीले सुरुदेखि नै यस प्रतिशतलाई वा ४८ भन्दा कम रहेको प्रतिशतलाई ७० प्रतिशत पुर्‍याउने भनेका थियौं। पछि हामीले केही संशोधन गर्नुपर्‍यो र हामीले ६० देखि ६५ प्रतिशतसम्म पुर्‍याउँछौं भनेर हाम्रा केही युवा साथीहरूले अनलाइन कक्षाको सुरुवात गर्नुभयो। त्यसका निम्ति एउटा अभियान चलाउनुभयो।

देशव्यापी रूपमा विभिन्न ठाउँका विद्यालय विद्यालयमा गएर त्यहाँका प्रिन्सिपलहरूलाई, त्यहाँका शिक्षकहरूलाई, त्यहाँका विद्यार्थीहरूलाई, त्यहाँका अभिभावकहरूलाई प्रेरित गर्नु हो। देशभरि दुई सयभन्दा बढी मेन्टर र धेरै दर्जन शिक्षकहरू राखेर एकैठाउँ काठमाडौंबाट कक्षाहरू सञ्चालन गर्नुभयो र पछि हामीले ६० देखि ६५ प्रतिशतको बिचमा नतिजा निकाल्छौं भन्यौं। यो नितान्त निजी प्रयास हो हाम्रा युवाहरूको। त्यसमा सरकारी सहयोग भनेको सञ्चार मन्त्रालयले हामीलाई त्यो उपलब्ध गरायो। हामी युवाहरूलाई जहाँ सेवा पुर्‍याउँछौं भनेको छ, त्यहाँ इन्टरनेट सर्भिस उपलब्ध गराइदियो। त्यस हिसाबले प्रयास गर्दाखेरि ६१.८१ प्रतिशत अथवा ६२ प्रतिशत उत्तीर्ण भए। ४८ बाट ६२ प्रतिशत अथवा १४ प्रतिशतका दरले एसइईको नतिजामा उन्नति भयो। यो हामीले देखेका छौं, सानो खर्चबाट देशभरिको लाखौं विद्यार्थीहरूको सङ्ख्यामा १४ प्रतिशतले उत्तीर्ण हुनेको सङ्ख्या अभिवृद्धि भयो, बढ्यो। तसर्थ, यसै गरेर हामीले अनलाइन स्वास्थ्य, अनलाइन स्वास्थ्य परीक्षण, अनलाइन उपचारजस्ता कुराहरू पनि विभिन्न हस्पिटलहरूबाट मद्दत गरेका छौं र साना अस्पतालहरूले ठूला हस्पिटलहरूबाट विशेषज्ञ सेवाहरू लिन सकिरहेका छन्। त्यो हामी आफैँले प्रत्यक्ष यी केही वर्षहरूमा मात्रै अनुभव गरेका छौं।

मैले प्रधानमन्त्री चलाएको यो पछिल्लो एक वर्षको अवधिमा असाधारण ढङ्गले हामीले यस क्षेत्रमा पनि प्रगति गरेका छौं। हामीसँग एउटा राम्रो पक्ष के छ भने हामीसँग एउटा यो ‘डेमोग्राफिक डिभिडेन्ड’ हाम्रो राम्रो छ। त्यसलाई हामीले यस क्षेत्रमा प्रयोग गर्न सक्छौं किनभने हाम्रा युवाहरू आज आम रूपमा भन्ने हो भने डिजिटल फ्रेन्डली छन् अथवा डिजिटल क्षेत्रमा, आइटी सेक्टरमा भन्ने हो भने उनीहरू शिक्षित कमसेकम छन्। उनीहरूले विभिन्न ढङ्गले त्यसबाट नेलेज लिन र नेलेज सम्प्रेषण गर्न सक्छन्। त्यसकारण नवप्रवर्द्धनका कुराहरू, ‘इनोभेसन’का कुराहरू अथवा अरु अनुसन्धानका कुराहरूदेखि लिएर आइटीको प्रयोगले हामीलाई धेरै ठूलो मद्दत पुगिराखेको छ र हामी समाज परिवर्तनका लागि यी सबै कुरा, मान्छेको विकासका लागि सबै कुरा, अर्थतन्त्रको विकासका लागि, शिक्षा, स्वास्थ्य र सबै समाजिक क्षेत्रको विकासका लागि र समाजमा जनतालाई सेवा सुविधा पुर्‍याउनका लागि यी कुराहरूमा काम गरिराखेका छौं।

अहिले हामीले यो पर्सनल आइटीजस्ता कुराहरू यिनीहरूबाट जनतालाई सेवा पुर्‍याउने कुराहरू गरिराखेका छौं र अनेक पक्षहरूमा यसको मद्दत पुगिराखेको छ। यो सँगसँगै, यसमा केही कमजोरी पक्षहरू, विकृतिका पक्षहरू र विज्ञान प्रविधिको प्रयोग ठीक ढङ्गले गर्न जानेनन् भने, मेसिन चलाउँदा ठीक ढङ्गले चलाइएन भने त हात काटिदिन्छ। त्यो त मेसिन भनेको ठीक ढङ्गले चलाउने कि नचलाउने भन्ने कुरासँग निर्भर हुने कुरा हो।

अहिलेको दुनियाँमा यस सूचना प्रविधिको राम्ररी सदुपयोग मात्रै भएको छ भन्न सकिँदैन। खासगरी सूचनाको क्षेत्रमा, ‘मिस इन्फर्मेशन’, ‘डिस इन्फर्मेशन’ जस्ता कुराहरू पनि यसबाट केही केही क्षतिका कुराहरू पनि भइराखेका छन्। समाजलाई अलि विकृति बढाउने खालका कुराहरू पनि भइराखेका छन् र यस्ता कुराहरूप्रति हामी सजग छौं। सबै कुरा हुन पाउनुपर्दछ। वास्तवमा यो प्रेस स्वतन्त्र, सूचनाको स्वतन्त्रता सबै कुरा हुनुपर्दछ तर अनियन्त्रित र समाजलाई हानी गर्ने गरी होइन, समाजलाई फाइदा पुग्ने गरी यी कुराहरू हुनुपर्दछ। समाजका लागि आइटी, विकासका लागि आइटी, राष्ट्रिय एकताका लागि आइटी, विश्व शान्तिको पक्षमा आइटी, सूचना मनोरञ्जनका लागि आइटी, शिक्षाका लागि आइटी, स्वास्थ्यको लागि आइटी। यसो भएर हामीले आइटीलाई सदुपयोग गर्न सक्नुपर्दछ राम्ररी।

हाम्रो राष्ट्रिय आकाङ्क्षा हामीले भनेका छौं–समृद्ध नेपाल, सुखी नेपाली। त्यो हाम्रो राष्ट्रिय आकाङ्क्षा हो। त्यो आकाङ्क्षा परिपूर्ति गर्नका लागि, त्यसलाई प्राप्त गर्न, त्यसलाई गन्तव्य बनाएर हामी हिँडिरहेका छौं र त्यसको प्राप्तिका लागि सुशासन र विकास, तीव्रता, सुदृढता र तीव्रताका साथ अगाडि बढाउन जरुरी छ। त्यसमा आइटीको भरपूर मद्दत लिन जरुरी छ। यो अत्यन्तै उपयोगी छ। तसर्थ, हामी यसको सदुपयोग गर्दै देशका लागि, जनताका लागि, समाजका लागि र मानव जातिका लागि यसको सदुपयोग गर्ने, सुशासन र विकासका लागि सदुपयोग गर्ने काम गर्दै अगाडि बढ्ने यस दिशामा हामी लागि राखेका छौं।

यस सन्दर्भमा तपाईंहरुले आयोजना गर्नुभएको विश्व आइटी सम्मेलन २०२५, ले अवश्य नै ठूलो योगदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु। यही विश्वासका साथ म तपाईंहरूलाई धेरैधेरै शुभकामना भन्न चाहन्छु। तपाईंहरू यस दिशामा अझ तीब्रताका साथ अगाडि बढ्न सक्नु होस्, अझ ठूलो योगदान गर्न सक्नु होस् र यसका निम्ति हामीले कानुुन बनाएका छौं। भर्खरै हामीले एआई नीति तय गरेका छौं। यी सबै कुराहरूको उपयोग गर्नुस्। हामीले भर्खरै कानुनी हिसाबले नै यहाँको आइटी उत्पादनलाई निर्यात गर्न सहजै सक्ने कुरा, यही बसेर लाभ गर्न सक्ने कुरा र बाहिर त्यसका निम्ति कम्पनी खोल्न सक्ने कुरा, विदेशमा कम्पनी खोल्न सक्ने कुरा आदि कुराहरूमा पनि कानुन निर्माण गरेरै अगाडि बढाएका छौं। तसर्थ म यहाँहरु सबैमा यस कामलाई सदुपयोग गर्ने दिशामा सोचेर अगाडि बढ्न आग्रह गर्न चाहन्छु।

(प्रस्तुत विचार प्रधानमन्त्री केपी शर्मा ओलीले १ भदौ, २०८२ मा राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित विश्व आइटी सम्मेलनमा व्यक्त गर्नुभएको मन्तव्यका आधारमा प्रधानमन्त्रीको स्वकीय सचिवालयले तयार पारेको सम्पादित अंश)

प्रकाशित: २०८२ भदौ २ गते सोमबार ०७:११
प्रतिक्रिया

थप समाचार

एसियन हाइवे र झापाको विकास निर्माणमा सांसदको चासो, सिडिओ कार्यालयमा छलफल

झापा। जिल्लामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित कार्यालय प्रमुखबीच...

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना