एजेन्सी। यदि तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने तपाईंले केही दिनयता आफ्नो फोनमा भएको परिवर्तन याद गर्नुभएको होला। धेरै एन्ड्रोइड प्रयोगकर्ताहरूको फोनको कल र डायलर सेटिङमा अचानक परिवर्तन देखिएको छ।
सामाजिक सञ्जालमा धेरै मानिसहरूले आफ्नो फोनमा अचानक आएको यी परिवर्तनहरूको बारेमा प्रश्नहरू सोधिरहेका छन् भने केही मानिसहरूले यसप्रति आक्रोश व्यक्त गरिरहेका छन्। परिवर्तनपछि एन्ड्रोइड फोनबाट कल गर्दा वा प्राप्त गर्दा, फोनको इन्टरफेस अर्थात् डिस्प्ले र डिजाइन, परिवर्तन भएको देखिन्छ।
फोनको सेटिङ परिवर्तन नगरी आफैँ यो परिवर्तन कसी भयो? कतिपयले आफ्नो फोन ह्याक भएको हुन सक्ने शंका पनि व्यक्त गरेका छन्। तर यसमा सत्यता छैन।एन्ड्रोइड फोनहरूमा प्रयोग हुने आधारभूत सफ्टवेयर (आईओएस) गुगलले बनाएको हो। कम्पनीले समय-समयमा यसलाई अपडेट पनि गर्छ। यस वर्ष पनि मे महिनामा कम्पनीले ‘मटेरियल थ्रीडी एक्सप्रेसिभ’ नामक अपडेट जारी गर्ने जानकारी गराएको थियो। जुन पछिल्ला केही वर्षयता कम्पनीले गरेको सबैभन्दा ठूला अपडेट हो।
गुगलले यसपटक सोही अपडेट गरेको हो। यो अपडेटले फोनको सफ्टवेयर र डिस्प्लेलाई प्रयोग गर्न सजिलो, छिटो र सहज बनाउने कम्पनीले बताएको छ।
गुगलले नयाँ डिस्प्ले सेटिङहरूमा धेरै कुराहरू परिवर्तन हुने बताएको छ, जस्तै सूचनाहरू, रङ थिम, फोटोहरू, जिमेल र घडी आदि। गुगलका अनुसार यसको पछाडिको उद्देश्य एन्ड्रोइड कलिङ एपको प्रयोगलाई सजिलो बनाउनु हो। यसले एउटै नम्बरबाट आउने सबै कलहरू एकै ठाउँमा वा एकै ठाउँमा देखा नपर्ने तर समय अनुसार कल हिस्ट्रीमा देखा पर्ने हुँदा यसले बारम्बार नम्बर खोज्ने झन्झटबाट मुक्त हुने विश्वास कम्पनीको छ।


