२०८३ कार्तिक १६ गते आईतबार

जसलाई तीजले छोएन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १०
Web-Post-(1)-1756177149

काठमाडौं- तीज भन्नासाथ छोरीचेलीहरुको मुहारमा उत्साह, रमाइलो र उल्लास झल्किन्छ। नयाँ साडी, रातो चुरा–पोते अनि गीत–संगीतसँगै नाचगान गर्ने र माइतीघर गएर रमाउने पर्वका रूपमा तीजलाई हेरिन्छ।

तर जीवन सबैको एउटै र एकनास हुँदैन। कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।

त्यस्तै पात्रमध्ये खोटाङ दिक्तेल घरभई हाल ललितपुरमा चटपटे र पानीपुरी बेचेर गुजारा चलाइरहेकी तिला मगर पनि हुन्। उनी तीजलाई फरक ढंगले सम्झिन्छिन्। लकडाउनदेखि नै उनी यही व्यवसायमा रमाइरहे्की छिन्। परिवारमा दुई छोरा, दुई छोरी भए पनि उनी एक्लै बस्छिन्।

‘बुढा९श्रीमान०को मृत्यु भएदेखि नै जीवन एक्लै बितेको छ,’ उनी भन्छिन्,‘छोरीहरूले कहिलेकाहीँ हेर्छन् तर बिहे भइसकेका छोरीसँग के माग्नु रु छोराहरूले त झन् खासै वास्ता गर्दैनन्।’

9996666-1756177347.jpg

तिला दिदीलाई तीज भनेको अरुको रमाइलो मात्र हो। आफ्नै लागि भने त्यो नदिनु भएपनि हुने चाडझैं लाग्छ। ‘पैसा जम्मा गरेर साडी किन्ने त परको कुरा भयो, कोठा भाडा तिर्ने जति मात्र कमाइ हुन्छ,’ उनी भन्छिन्, ‘अहिले तीजमा अरुले सजिएर रमाइरहेको देख्छु, तर मलाई भने कुनै अर्थ छैन। आफ्नो भन्ने कोही छैन, कहाँ गएर के गर्ने ?’

माइतीघरमा पनि अब उनलाई कसैले सम्झिँदैन। ‘बुबा–आमा हुनुहुन्न, त्यसपछि ठूलोबुबा, कान्छोबुबा कसैले पनि बोलाउनु भएको थाहा छैन्। माइती भन्ने ठाउँ नै छैन,’ भारी मनका साथ उनले आफ्नो पीडा सुनाइन्।

उदयपुर गाइघाटकी सन्जुदेवी चौधरीको पनि कथा उस्तै छ। उनी करिब २० वर्षदेखि काठमाडौंमा मकैं बेचेर आफ्नो जीवन गुजार्दै आएकी छिन्। बाहिरबाट देख्दा अरु महिलासँगै उनी पनि दर खाने तयारीमा व्यस्त देखिन्छिन्, तर उनको मनभित्र भने अपूरो इच्छाले चिरा परेको छ। ‘हामीले पनि दिनकै दर खाइरहेका छौ। सहकारी, र मकै साउनीहरुले बोलाएका छन्। त्यही जाने तर पैसा नभएकाले खासै खर्च गर्न सकिँदैन। भाकल राखेर, भगवानलाई सम्झेर तीज मनाउने हो,’ उनी भन्छिन्।

तीजमा माइती जाने चाहना उनको मनमा प्रबल छ। तर, आमा–बुबा संसारमा छैनन्। भाइ बुहारीहरुले कहिल्यै सम्झिदैनन्। ‘आमा–बुबा हुँदा मात्र माइती हुन्थ्यो, अब त माइती भन्ने ठाउँ पनि छैन। तीजजस्तो चाडमा माइतीको याद आउँछ तर के गर्ने, केही गर्न सकिँदैन,’ उनी भन्छिन्।

तीजलाई समाजमा खुशी, भव्यता र एकताको प्रतीकका रूपमा प्रस्तुत गरिन्छ। तर सन्जुदेवी र तिलाजस्ता महिलाको कथा सुन्दा तीजको अर्को अनुहार देखिन्छ—पीडाको, एक्लोपना र अपूरो चाहनाको। वास्तवमा गरिबको चाडपर्व नआउने रहेछ भन्ने संकेत पनि गर्छ।

आर्थिक सम्पन्न परिवारका छोरी–चेलीले नयाँ भेषभूषा र मीठा परिकारसहित गीत–संगीतमा रमाइलो गर्छन्। माइती जाने, साथी भेट्ने र हृदय हल्का पार्ने अवसरका रूपमा तीजलाई प्रयोग गर्छन्। तर दुःखसँग जीवनको हरपल बिताइरहेका महिला तीज नआउने भएपनि हुने चाडजस्तो अनुभव भने अवश्य गर्छन्।

सन्जुदेवी र तिलाको जीवनमा साझा कुरा के छ भने—समाज र आफन्तबाट पाएको बेवास्ता। सन्जुदेवी भन्छिन्, ‘आफ्ना भाइ–बुहारीले कहिल्यै बोलाउँदैनन्।’ तिला भन्छिन्, ‘छोराहरूले वास्ता गर्दैनन्, छोरीहरूको त आफ्नै संसार छ।’

यी कथाहरु केवल व्यक्तिगत पीडा मात्र होइनन्, समाजमा अझैपनि चेलीहरूको अवस्था कस्तो छ भन्ने कठोर वास्तविकता हो। जबसम्म छोरी–चेलीलाई बराबरीको सम्मान र अपनत्व दिइँदैन, तबसम्म तीजजस्ता पर्वमा आधा समाज मात्र रमाउनेछ, बाँकी आधा त पीडाभित्रै डुब्नेछ।

Photo-(5)-1756177248.jpg
तीजलाई केवल साडी, चुरा, पोते, नाचगान र दर खानेलाई मात्र सीमित गरेर बुझ्दा यसले सबैलाई समेट्न सक्दैन। तीजको वास्तविक अर्थ हो—चेली चेलीबीचको माया, परिवारबीचको आत्मीयता, र दुःख–सुख साट्ने अवसर।

सन्जुदेवी र तिलाजस्ता महिलालाई पनि त्यो अपनत्व महसुस गराउने हो भने, समाजले तीजलाई फरक ढंगले व्याख्या गर्नुपर्ने देखिन्छ। तीजमा रमाउने मात्र होइन, रमाउन नसक्ने चेलीको पीडा बुझ्न सक्ने संस्कार बनाउन जरुरी छ।

प्रकाशित: २०८२ भदौ १० गते मङ्गलबार ०९:३३
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना