काठमाडौंः भदौ २१ गते मनाइने इन्द्रजात्राको तयारी अहिले धमाधम चलिरहेको छ। इन्द्रजात्राको मुख्य दिन राष्ट्र प्रमुख, सरकार प्रमुख लगायत उच्चपदस्थ व्यक्तिहरुले वसन्तपुर दरबार क्षेत्रमा पुगेर जात्रा अवलोकन गर्ने परम्परा छ।
यसका लागि वसन्तपुर क्षेत्र सिँगार्ने काम भइरहेको छ। विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमा पलाएको झार अहिले सफा गरिँदैछ। यसैगरी रंगोगन र सरसफाइको काम पनि जारी छ। माजु देग:, दश अवतार मन्दिर, काष्ठमण्डप लगायतका सम्पदामा सफाइको काम चलिरहेको छ।
विश्व सम्पदा क्षेत्रका मन्दिरहरूमा झार पलाएको विषयमा नेपाल फोटो लाइब्रेरीले गत साता फोटो फिचर गरेको थियो।

















