काठमाडौँ। सरकारले बिहीबारदेखि सूचीकृत नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, इन्स्टाग्राम, युट्युब र एक्ससहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ।
मन्त्रालयले बिहीबारदेखि नै उक्त निर्णय कार्यान्वयन गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिसकेको छ भने केही प्रयोगकर्ताहरूमा समस्या देखिन थालेको छ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका अनुसार फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स, स्न्याप च्याट, इमो, लिंक्ड इन, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट र सिग्नल बन्द गर्न पत्राचार गरिएको छ। यस्तै थ्रेड, वी च्याट, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टर डन, रम्बल, मि वीमा पनि प्रतिबन्ध लगाइएको छ।
यसैगरी मि भिके, लाइन, जालो, सोल र हाम्रो पात्रो पनि आजदेखि चल्नेछैन।
यद्यपि दर्ता भएका पाँच सञ्जाल भने सञ्चालन भएका टिकटक, भाइबर, निम्बज, वीटक र ओपोलाइभ भने सञ्चालन हुनेछन्।


