काठमाडौँ। काठमाडाैंकाे माइतीघर-नयाँबानेश्वर क्षेत्रमा जेनजीको प्रदर्शन चलिरहेको छ। बिहान ११ बजे माइतीघरमा जम्मा भई प्रदर्शनकारीहरू बानेश्वरतर्फ लागेका थिए। भ्रष्टाचारविरुद्ध नारा लगाउँदै युवाहरूले नयाँ बानेश्वरको निषेधित क्षेत्र तोडेका छन्।
निषेधित क्षेत्रमा युवा र प्रहरीबिच धकेलाधकेल भएको थियो।
विभिन्न नारासहितका प्लेकार्ड पनि उनीहरूले प्रदर्शन गरिरहेका छन्। यसैबीच संसद भवन अगाडि बाक्लो संख्यामा सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् ।
जेनजीको प्रदर्शनमा ‘हाम्रो क्रोध, तिम्रो अन्त्य,’ ‘हामीलाई सहायता दिने नेता चाहिएको छ, आफूलाई पोस्ने नेता होइन,’ ‘अति भयो झुट, अति भयो माफी,’ ‘रोजगारी छैन, न्याय छैन, भविष्य छैन’ जस्ता नारा प्लेकार्डमा लेखेका छन्।


