काठमाडौं- भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले गोली चलाएपछि घाइते भएकामध्ये ज्यान गुमाउनेको संख्या १४ पुगेको छ।
आन्दोलनमा घाइते भएर लगिएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ७ जनाको मृत्यु भएको छ। यस्तै सिभिल अस्पतालमा ३ जना र एक जनाको घटनास्थलमै मृत्यु भएको हो। त्यस्तै एभरेस्ट अस्पतालमा ३ जना र थप एकजनाको घटनास्थलमै मृत्यु भएको छ।
अस्पतालहरुमा कम्तिमा पनि डेढ सय घाइतेहरु उपचार गराइरहेका छन्। घाइतेहरु मध्ये केही अवस्था चिन्ताजनक छ।
ज्यान गुमाउनेहरूको पूर्ण विवरण भने आइसकेको छैन।
प्रकाशित: २०८२ भदौ २३ गते सोमबार ०४:१८