जेनजी आन्दोलनले मंगलबार एक विज्ञप्ति जारी गरी अब संयम र धैर्यसाथ अघि बढ्न अनुरोध गरेको छ।
जेनजीले एक विज्ञप्तिमार्फत संयम र धैर्यका साथ अघि बढ्न अनुरोध गरेको छ। उसले देशलाई थप क्षतिमा नपार्न भन्दै यस्तो अनुरोध र अपील गरेको हो।
‘नागरिक सरकार र नयाँ राजनीतिक मार्गनिर्देशनको तयारी भइरहेको छ। त्यसैले हामी संयम र धैर्यका साथ अघि बढौं। हाम्रो न्युनतम अडान सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानू हो। यसैमार्फत हामी हाम्रो सुरक्षित भविष्य भएको नेपाल बनाउन सक्छौं,’ आन्दोलनले भनेको छ।
आन्दोलनले सरकारले घुँडा टेकिसकेकाले नयाँ राजनीतिक निकासको बाटो खुलेको पनि बताएको छ।


