मकवानपुरकाे क्षेत्रीय कारागार भीमफेदीबाट मध्यरातमा २६० जना कैदीबन्दी भागेका छन्।
राति १२:५५ बजे कारागारकाे ‘क’ ब्लकमा रहेका केदीबन्दीहरूले तीन वटा गेट फुटाएर बाहिर निस्किन खाेजेका थिए। उक्त ब्लकका २६० जना कैदीबन्दीले कारागारकाे पश्चिम तर्फकाे पर्खाल भत्काएर भागेकाे कारागार प्रमुख सुवास पाैडेलले जानकारी दिए।
ब्लकमा ५ सय भन्दा बढी कैदीबन्दी रहेकाेमा करिब २३० जनालाई नियन्त्रणमा लिएर फर्काइएकाे उनले बताए।


