काठमाडौँ- नेपाली कांग्रेसकका सभापति शेरबहादुर देउवाले हालसम्म निर्वाचन वर्ष रहेको र अबको वर्ष कांग्रेस पार्टीको सङ्गठन निर्माण र सुदृढीकरणको वर्ष हुने बताएका छन्।
नेपाली कांग्रेसको प्रथम ललितपुर जिल्ला सम्मेलनमा उनले कसैले कसैलाई गाली गर्नुभन्दा जनतासँग काँधमा काँध मिलाएर पार्टी विस्तारमा सबै एकजुट भई अगाडि बढ्नुपर्ने बताए।
सभापति देउवाले अब आफू पार्टीको सभापति नहुने स्पष्ट गर्दै पार्टीलाई मात्र सहयोग गर्ने बताए। ‘अब कांग्रेसको नेतृत्व युवाले गर्नुपर्छ, सबैलाई एकढिक्का बनाएर अगाडि बढ्न म आग्रह गर्छु,’ उनले भने।


