एजेन्सीः इजरायल लामो समयदेखि युद्धमा छ। हमास, हजबुल्ला र यमनको हुथीका साथै इरानसँग सानो एसियाली मुलुक इजरायलले युद्ध गरिरहेको छ।
केही महिनाअघि इजरायल र इरानबीच युद्ध भयो। त्यसबेला इजरायलमा ठूलो क्षति भएको थियो।
इजरायल युद्धमा रहे पनि अर्थतन्त्र मजवुत हुनुका साथै विदेशी विनिमय सञ्चितीमा नयाँ रेकर्ड कायम गरेको छ। बैंक अफ इजरायलका अनुसार गत अगस्टको अन्त्यमा विदेशी मुद्रा सञ्चिति बढेर दुई खर्ब ३० अर्ब ३२ करोड डलर पुगेको छ । यो सञ्चिती नयाँ रेकर्ड भएको इजरायलको केन्द्रीय बैंकले जनाएको ग्लोब अनलाइनले उल्लेख गरेको छ।
यसबीचमा तीन अर्ब ७५ करोड डलर डलर सञ्चिती बढेको केन्द्रीय बैंकले जनाएको छ।
अगस्ट २०२४ को अन्त्यमा विदेशी मुद्रा सञ्चिति दुई खर्ब १७ अर्ब ३८ करोड डलरबाट बढेर अगस्टको अन्त्यमा दुई खर्ब ३० अर्ब ३२ करोड १० लाख डलरको रेकर्डमा पुगेको छ।
गत जुनमा, बैंक अफ इजरायलले लगभग ३० करोड डलर विदेशी मुद्रामा बेचेको थियो। युद्धको प्रारम्भिक महिनाहरू पछि यो पहिलो पटक यस्तो बिक्री हो।
युद्धको सुरुमा अक्टोबर २०२३ मा घोषण ३० अर्बसम्मको विदेशी मुद्रामा बेच्ने योजना सार्वजनिक गरेको बैंक अफ इजरायलले साढे आठ अर्ब विदेशी मुद्रामा मात्र बेचेको थियो ।
इजरायल विकशित मुलुक हो । कृषिमा ठूलो उपलब्धि हासिल गरेको इजरायललाई अमेरिकाको समर्थन रहेको छ। इजरायलको अर्थतन्त्रको आकार (जीडीपी) सन् २०२४ मा पाँच खर्ब ४० अर्ब ४० करोड डलर रहेको छ । यो वर्ष बढेर पाँच खर्ब ७७ अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ।


