नेपाल फेरि एकपटक चौबाटोमा छ—एक ‘महत्वपूर्ण मोड’ जसलाई डारोन एसेमोग्लु र जेम्स ए रोबिन्सनद्वारा लिखित पुस्तक ‘ह्वाइ नेसन्स फेल’ (किन राष्ट्रहरू असफल हुन्छन्) भन्ने पुस्तकमा वर्णन गरिए झै यस्तो मोडमा, देशसँग समृद्धितर्फको बाटो रोज्ने अवसर हुन्छ। यदि हामीले समावेशी राजनीतिक र आर्थिक संस्थाहरू निर्माण गर्यौं भने यो सम्भव हुन्छ।
भूगोल, संस्कृति वा अज्ञानताले होइन मानव निर्णयहरू र अन्तर्निहित राजनीतिक र आर्थिक संस्थाहरूले कुनै पनि देशको समृद्धि र गरिबीको अवस्था निर्धारण गर्दछ भन्ने निष्कर्ष उक्त पुस्तकको रहेको छ ।
राष्ट्रहरू तब असफल हुन्छ जब शोषित संस्थाहरूबाट शासित हुन्छन्। यस्तो प्रणालीमा धन र शक्ति केही सीमित व्यक्तिहरूको हातमा केन्द्रित हुन्छ। भ्रष्टाचारबाट पनि सीमित व्यक्तिहरुले वित्तीय फाइदा लिन्छन।
अर्कोतर्फ, राष्ट्रहरू सफल हुन्छन् जब समावेशी राजनीतिक र आर्थिक संस्थाहरू हुन्छन् यी संस्थाहरूले समृद्धिको सद्गुण चक्रलाई बढावा दिन्छन् ।
निजी सम्पत्तिको अधिकार सुरक्षित गर्दछन् ।
समान अवसर सिर्जना गर्छन्
नयाँ प्रविधि र सीपहरूमा लगानीलाई प्रोत्साहन गर्छन् ।
सिर्जनात्मक विनाशलाई अनुमति दिन्छन् ।
बहुलवादी राजनीतिक प्रणालीहरू सुनिश्चित गर्छन् ।
विगतमा, नेपालले धेरै महत्वपूर्ण राजनीतिक मोडहरू सामना गरेको छ। तर, समृद्धितर्फ साझा दृष्टिकोण पछ्याउन असफल भएको छ।
हालैको जेनजेड आन्दोलन र परिवर्तनको वर्तमान लहरले सही र प्रभावकारी संस्थाहरू बनाएर समृद्ध मार्गमा डोहर्याउन सक्नु पर्दछ। अन्यथा, यो राजनीतिक परिवर्तन विगतमा जस्तै एउटा अर्को परिवर्तन मात्र हुनेछ जवकि ठूलो मानवीय र आर्थिक क्षति भएको छ।
अहिलेलाई नयाँ अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई।
सहादत भएका युवाहरुलाई हार्दिक श्रदाञ्जली।
(राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा.श्रेष्ठको फेसबुक वालबाट)


