२०८३ कार्तिक १२ गते बुधबार

संसद् भवनभित्रको राष्ट्रिय वाणिज्य बैंकबाट मात्रै ३८ करोड लुटपाट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १
545113230_1176558924506002_7979018639966593109_n

काठमाडौँ: गभर्नर विश्व पौडेलले राष्ट्रिय वाणिज्य बै‌ंकको एकै शाखाबाट मात्रै ३८ करोड रुपैयाँ बराबर लुटपाट भएको बताएका छन्। मंगलबार सुशान्त प्रधानसँगको पोडकास्टमा उनले नयाँ बानेश्वरस्थित संसद् भवनभित्र रहेको वाणिज्य बैंकको शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ किलो सुन गरेर करिब ३८ करोड रुपैयाँ बराबरको लुटपाट भएको बताएका हुन्।

प्रदर्शनकारीहरूले निशाना बनाएका सरकारी कार्यालय, निजी व्यवसायलगायत आसपास रहेका बैंक तथा एटीएममा आक्रमण भएको उनले बताएका हुन्। उनले तथ्यांक निकालेर अनुसन्धान भैरहेको बताएका छन्। सीसीटीभीबाट पनि लुटेर लैजानेको पहिचान गर्न थालिएको जानकारी उनले दिए।

‘संसद् भवनमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा सिरियस लुटपाट भएको छ। ५ करोड नगद र १८ किलो सुन लुटिएको छ। ३७/३८ करोड बराबरको लुटपाट भएको छ’, उनले भनेका छन्।

यसैगरी चाबहिलमा रहेको नबिल बैंकमा पनि तोडफोड एवं लुटपाट भएको उनले बताएका छन्।

उनकाअनुसार भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा विभिन्न बैंकका ६८ वटा शाखा र ६९ वटा एटीएममा तोडफोड एवं लुटपाट भएको छ।

यद्यपि, एटीएम लुटपाट भए पनि त्यहाँबाट प्रदर्शनकारीले पैसा निकाल्न नजान्दा ठूलो क्षति भने हुन नपाएको उनले बताएका छन्।  लुटपाट हुने एटीएम प्राय: भाटभटेनीसहित सरकारी कार्यालयभित्र रहेका बुथहरू भएको उनको भनाइ छ।

नेपाल राष्ट्र बैंकमा पनि आगजनीको प्रयास भए पनि खासै क्षति नभएको उनले बताए।

प्रकाशित: २०८२ असोज १ गते बुधबार ०२:५३
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

ग्लोबल फाइनान्सको उत्कृष्ट बैंकको सूचीमा लगातार तेस्रो वर्ष ग्लोबल आईएमई बैंक

बैंकले सन् २०२४ र २०२५ मा पनि यही सम्मान प्राप्त गरेको थियो। यससँगै ग्लोबल आईएमई बैंक लगातार तीन वर्ष उक्त अवार्ड पाउने नेपाली बैंक बनेको छ।

सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान, हेर्नुस् तस्बिरहरूमा

धादिङ: सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ। देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना