२०८३ कार्तिक ११ गते मङ्गलबार

ग्लोबल फाइनान्सको उत्कृष्ट बैंकको सूचीमा लगातार तेस्रो वर्ष ग्लोबल आईएमई बैंक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १०
global_ward

काठमाडौँः नेपाली बैंकिङ क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै ग्लोबल आईएमई बैंकले ‘बेस्ट बैंक नेपाल–२०२६’ अवार्ड प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ग्लोबल फाइनान्सले प्रदान गर्ने यो अवार्ड बैंकले लगातार तेस्रो वर्ष जितेको हो।

बैंकले सन् २०२४ र २०२५ मा पनि यही सम्मान प्राप्त गरेको थियो। यससँगै ग्लोबल आईएमई बैंक लगातार तीन वर्ष उक्त अवार्ड पाउने नेपाली बैंक बनेको छ।

थाइल्यान्डको राजधानी बैंककमा आयोजित समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए।

ग्लोबल फाइनान्सले बैंकको वित्तीय क्षमता, डिजिटल पहुँच, ग्राहक सेवामा नवीनता, प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोग, दिगो कर्जा प्रवाह र जोखिम व्यवस्थापनलाई मूल्याङ्कनको आधार बनाएको जनाएको छ।

विश्वका विभिन्न देशका प्रमुख वित्तीय संस्थालाई सम्मान गरिएको समारोहमा नेपालको ग्लोबल आईएमई बैंक पनि छनोट भएको हो। बैंकका अनुसार यस प्रकारको अन्तर्राष्ट्रिय सम्मानले नेपाली बैंकिङ क्षेत्रको पहिचान विस्तार गर्न सहयोग पुर्‍याउनेछ।

ग्लोबल आईएमई बैंकले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ। लगातार तीन वर्ष एउटै अवार्ड प्राप्त गर्नुलाई बैंकले आफ्नो सेवा, प्रविधि र संस्थागत क्षमताको उपलब्धिका रूपमा लिएको छ।

प्रकाशित: २०८३ कार्तिक १० गते सोमबार ०२:५७
प्रतिक्रिया

थप समाचार

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश दिने

काठमाडौँः स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि १६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बैंकको कात्तिक १० गते बसेको सञ्चालक समितिको ४९४औँ बैठकले प्रतिसेयर...

बैंकको खराब कर्जा बढ्दा शेयरधनीलाई कस्तो असर पर्छ? यस्तो छ बैंकको अवस्था

बैंकले प्रवाह गरेको ऋणको साँवा तथा ब्याज समयमै असूल हुन नसक्दा खराब कर्जा बढ्छ। यस्तो अवस्था लामो समयसम्म कायम रहेमा बैंकको नाफा, लाभांश क्षमता र सेयरधनीले पाउने प्रतिफलमा असर पर्न सक्छ।

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

बैंकको ब्याजदर कसरी निर्धारण हुन्छ?

निक्षेपको लागत, बजारको अवस्था, तरलता, आधार दर, कर्जाको जोखिम तथा नियामकीय व्यवस्थालगायत विभिन्न पक्षले ब्याजदर निर्धारणमा भूमिका खेल्छन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना