काठमाडौँः स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि १६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
बैंकको कात्तिक १० गते बसेको सञ्चालक समितिको ४९४औँ बैठकले प्रतिसेयर १६ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा करसमेत समावेश रहेको बैंकले जनाएको छ।
बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणसमेत स्वीकृत गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ।


