२०८३ कार्तिक १३ गते बिहिबार

हट्ला प्रतिनिधिसभा अवरोध? प्रतिपक्षबाट मागिएको जवाफ दिन सक्छन् प्रधानमन्त्री प्रचण्ड

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ २२
uml_parliament-10_copy_1200x800
केही साताअघि पशुपतिनाथमा चढाइएको जलहरीमा गोलमाल भएको विषय सदनमा उठेपछि संसदीय आचरण विपरीत संसद् बैठक प्रभावित गर्दै प्रतिपक्षी एमाले सांसदहरु।

काठमाडौं– आइतबारको प्रतिनिधिसभा बैठक प्रतिपक्षी एमालेले अवरोध गरेपछि बस्न सकेन। एक घन्टाका लागि सारिएको बैठक २४ घन्टापछि आज पनि बस्ने कार्यतालिका संसद् सचिवालयले सार्वजनिक गरेको छ। आइतबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका थियो।

प्रतिपक्षी एमाले, रास्वपा, राप्रपालगायत दलको अवरोधका कारण संसद् नियमित कार्यसूचीमै प्रवेश नगरी स्थगित भयो। एमालेले शीतलनिवासबाट प्रमाणीकरण गराइएको विवादित नागरिकता विधेयक, रेशम चौधरी आममाफी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा लिम्पियाधुरा–लिपुलेक, कालापानी बंगलादेशको बन्दरगाहसम्म पुग्ने पहुँचमार्गका लागि छाड्न सकिने भनेर दिएको अभिव्यक्तिबारे जवाफ मागेर आइतबारको संसद् बैठक अवरुद्ध गरेको थियो।

आइतबार एक घन्टाका लागि भनेर बैठक स्थगित गरिए पनि प्रतिपक्षी दलसँग सहमति हुन नसकेपछि सोमबार बिहान ११ बजेलाई तय गरिएको छ। आजको सम्भावित कार्यसूचीमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल थालिने भनिएको छ।

दोस्रो संविधान सभासदस्य राप्रपा सांसद श्यामसुन्दर टिवडेवाल र पूर्वराज्यमन्त्री तथा कांग्रेस नेतृ मीना पाण्डेको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएकोसम्बन्धी पत्रको बेहोरा सभामुख देवराज घिमिरेले पढेर सुनाउनेछन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोस्ट्रममा उभिएर आफूहरुले उठाएका प्रश्नको जवाफ नदिए आजको बैठक पनि अवरुद्ध गरिने एमाले नेता गोकर्ण विष्टले बताए। ‘एमालेले नागरिकता विधेयक प्रमाणीकरण, रेशम चौधरीलाई आममाफी दिएको विषय र भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिबारे सरकारले जवाफ दिए काम–कारबाही अघि बढ्छ, अन्यथा बढ्दैन,’ नेता विष्टले भने।

यद्यपि नागरिकता विधेयकबारे हिजो मात्रै सर्वोच्चले शीतलनिवास (सरकार) का नाममा कारण देखाऊ आदेश जारी गरेको छ। प्रतिनिधिसभा अवरोध कायमै रहने संकेत देखिएपछि प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको विषयबारे सदनमा जवाफ दिने तयारी भइरहेको उनको सचिवालयले बताएको छ।

‘प्रधानमन्त्रीले जवाफ दिनेबारे सल्लाह भइरहेको छ, टुंगो लागिसकेको छैन,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने। आइतबारको बैठकमा एमाले, रास्वपा र राप्रपाका सांसदले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर सरकारले राष्ट्रपतिलाई असंवैधानिक काम गराउन लागेको आरोप लगाएका थिए।

प्रकाशित: २०८० जेठ २२ गते सोमबार ०७:४९
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना