२०८३ कार्तिक १६ गते आईतबार

अस्पतालको बेडबाट घाइते जेनजीहरू : ‘दशैँ दशा बन्यो, अन्तरिम सरकार आफूखुशी चल्यो’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १५
genz

काठमाडौँ: हिन्दुहरूको महान् पर्व बडादशैँले व्यस्त बनाइरहेका बेला गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घाइतेहरू भने अस्पतालका बेडदेखि घरको ओछ्यानमा छटपटाइरहेका छन्। काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, सिभिल अस्पताल मिनभवन लगायतका अस्पतालमा घाइतेहरू उपचार गराइरहेका छन्।

केपी शर्मा ओली नेतृत्वको वहुमतको सरकार विस्थापित गरेर जेनजी आन्दोलनकै कारण बनेको अन्तरिम सरकारको कदमप्रति पनि घाइतेहरू सन्तुष्ट छैनन्। घाइतेहरूले अन्तरिम सरकारको गतिविधि शहीद र घाइतेहरूप्रति इमान्दार नबनेको बताए। भदौ २३ गतेको आन्दोलनका क्रममा नयाँबानेश्वर संसद भवन अगाडि प्रहरीको गोली लागेर राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका सिन्धुपाल्चोक जलविरेका अभिषेक श्रेष्ठ अन्तरिम सरकारले आन्दोलनको म्यान्डेट अनुसार काम गर्न नसकेको आक्रोश व्यक्त गर्छन्।

‘जेनजी आन्दोलन हुनुको कारण दमन र शोषण विरुद्ध थियो। केपी ओली सरकार कुनै पनि कानुन र मानवअधिकार अनुसार चलेको थिएन। सरकार भ्रष्ट थियो, कुशासनमा व्यस्त थियो। अहिले अन्तरिम सरकार हाम्रै आन्दोलनका कारण बन्यो। तर कार्यशैली सन्तोषजनक छैन। कानुन र नियम छैन भनेर पन्छिन खोज्दैछ। कानुन परिपस्थिति चलाउने हो, हाम्रो आन्दोलन नयाँ नेपाल बनाउनु थियो। सरकार हामीले सोचेअनुसार पनि बनेन, जेनजी प्रतिनिधित्व नै छैन। अनि उनीहरूले हाम्रो भावना अनुसार काम गरिरहेका छैनन्,’ उनले अगाडि भने, ‘मैले बनाएका केही एजेन्डामा मन्त्रिमण्डलमा तीन वा चार जना जेनजी पुस्ता अनिवार्य सहभागिता हुनुपर्ने थियो त्यो देखिएन। तर अब हामी यत्तिकै छाड्नेवाला छैनौँ।’

श्रेष्ठले अन्तरिम सरकारले पनि जेनजी भावना र म्यान्डेट अनुसार काम गर्न सकेन भने चाँडै सुशीला कार्की नेतृत्वको सरकार ढाल्ने चेतावनी दिए। ‘जेनजी आन्दोलनको लिडर भएन भनेर कसैले कमजोर नठान्नुहोला। हामीले जे कुरा परिवर्तन गर्न सुरु गरेका थियौँ, त्यो पूरा गराएर छाड्छौँ। २३ सय जना घाइते भएका छन् र मृतकको संख्या ७८ पुगिसकेको छ। यसलाई कमजोर नठाने हुन्छ,’ उनले अगाडि भने,‘यतिबेला देशमा दशैँ होइन दशा छ। दशैँ मान्ने वा नमान्ने आफ्नो कुरा हो, म चाडपर्वलाई मैले दशाका रूपमा लिएको छु। आन्दोलनमा गोली लागेर चिच्याइरहेकाहरूको आवाज मैले प्रत्यक्ष सुनेको छु, अब फेरि आन्दोलनमा उत्रिनुपर्यो भने त्यसले परिवर्तन ल्याएरै छाड्छौँ। गोलीले कोही डराउनेवाला छैनौँ। गोलीले कमजोर भएको छ भनेर नठान्नुहोला। यो घटनाले आत्मबल बढेको छ, कमजोर भएका छैनौँ। यो सरकारले काम गरोस्, ताकि हामी आफैँ सडकमा उत्रिएर अन्तरिम सरकार ढाल्नुनपरोस्,’ उनले चेतावनीको भाषामा भने।

संसद भवन अगाडि आन्दोलनकै क्रममा फिलामा गोली लागेर ट्रमा सेन्टरमा उपचार गराइरहेका दाङ तुल्सीपुरका सुरेश पोखरेल पनि अन्तरिम सरकारको कार्यशैलीप्रति सन्तुष्ट छैनन्।

‘अन्तरिम सरकार हाम्रो समर्थनले बनेको हो। हाम्रो खुनमा टेकेर बनेको सरकारले पनि विभिन्न कानुन र नियमले काम गर्न दिएन भनेर पन्छिनुभइरहेको छ। यस्तो कामले सन्तुष्टि दिएको छैन। अस्पतालको वेडमा आएर सहानुभूति दिएर देश परिवर्तन हुँदैन। अन्तरिम सरकारपनि पुरानै बाटोमा हिँडेजस्तो लागिरहेको छ,’ उनले अगाडि भने,‘जेनजी आन्दोलनका अगुवाहरू पनि स्वार्थमा केन्द्रित भएकाले माग सम्बोधन गर्न नसकेको हो कि जस्तो लागिरहेको छ। हामी निको भएर फर्किन समय लाग्ला तर अरु साथीहरू एकजुट हुनैपर्छ। जेनजी आन्दोलनका घाइतेहरूका लागि बनाइएको कार्डले सबै कुरा समाधान हुँदैन, त्यो त सहानुभूति मात्र हो। सहानुभूतिले देशमा परिवर्तन हुँदैन।’

उनले दशैँका बेला आफूहरू अस्पतालको बेडमा भए पनि जोकोही जेनजी पुस्ता र समग्र नेपाली हिम्मत नहार्न सुझाव पनि दिए। ट्रमा सेन्टरमा करिब १४ जना घाइतेहरू उपचार गराइरहेका छन्। घाइतेहरूको उपचारमा सहजीकरण गरिरहेका आन्दोलनकारी मध्येकै डा.जगत बिक सरकारले सोचे अनुसार काम गर्नै नसकेको बताउँछन्। सरकारले आन्दोलनका घाइते र शहीद परिवारप्रति गरेको व्यवहारप्रति कडा आपत्ति समेत जनाए।

उनले सरकारले ‘आँखामा धूलो हाल्ने’ मात्रै काम गरेको आरोप लगाए। ‘सरकारले आखाँमा धूलो हाल्ने काम मात्रै गरिरहेको छ। यत्रो समयसम्म सरकारबाट घाइतेहरूलाई जम्मा २० हजार रुपैयाँ दिएको छ। औषधि उपचारमै त्योभन्दा बढी खर्चिन्छ,’ डा बिकले भने। उनले यस्तो राहत रकमलाई अपमानजनक भन्दै सरकारलाई लाज हुनुपर्ने बताए।

डा बिकले नेताहरूको उपचारमा करोडौँ रुपैयाँ खर्च हुने तर जेनजी आन्दोलनका योद्धाहरूको स्वास्थ्यको ख्याल नगरिएकोप्रति आक्रोश व्यक्त गरे। ‘एउटा नेतालाई हाछ्यु आए पनि दिल्ली जान्छन्। करौडौँ खर्चिन्छ। हाम्रा योद्धाहरूका लागि भने २० हजार ?’ उनले प्रश्न गरे।

उनले सरकारमा देखिएको असक्षमता र अपूर्ण क्याबिनेटबारे पनि प्रश्न उठाए। ‘जो सरकारमा मान्छे पठाइरहेका छन्, उनीहरूमध्ये धेरै नक्कली जेनजी हुन्। उनीहरूले सक्षम मान्छेलाई अघि बढ्न दिइरहेका छैनन्,’ उनले भने।

डा बिकका अनुसार, उनलाई आन्दोलनका मृतक परिवारले स्वास्थ्यमन्त्रीको लागि सिफारिस गरेका थिए। तर केही व्यक्तिहरूले मृतक परिवारलाई धम्क्याउँदै पैसा चाहियो कि मन्त्री भनेर दबाब दिएको दाबी गरेका छन्। उनले भने, ‘स्वास्थ्यमन्त्रीमा मेरो नाम पनि जेनजीको मृतक परिवारबाटै सिफारिस भएको थियो तर मृतक परिवारलाई तिमीहरूलाई पैसा चाहियो कि मन्त्री चाहियो भनेर धम्काउनुभयो तर अहिले पनि धम्क्याइरहनु भएको छ। यस्तो अवस्थामा बोल्ने स्थिति छैन मृतक परिवारको पनि।’

सुदन गुरुङ समूहको धम्की !
जेनेजी आन्दोलनमा ज्यान गुमाएका परिवारहरू र केही घाइतेहरूका तर्फबाट अन्तरिम सरकारमा स्वास्थ्यमन्त्रीका रुपमा प्रस्ताव गरिएका कैलालीको लम्किचुहा नगरपालिका–६, चैनपुर निवासी २७ वर्षीय डा बिकलाई ‘हामी नेपाल’का अगुवा सुदन गुरुङका मान्छेहरूले धम्की दिएको दाबी समेत गरेका छन्।

जेनजी आन्दोलनका घाइते तथा शहीद परिवारको पक्षमा समन्वय गरिरहेका डा बिकले आन्दोलनका नाममा केही व्यक्तिहरूले गलत तरिकाले आफूलाई ‘जेनजी’ भनेर प्रस्तुत गरिरहेको पनि बताए। उनले सरकारमा देखिएको असक्षमता र अपूर्ण क्याबिनेटबारे पनि प्रश्न उठाए। ‘जो सरकारमा मान्छे पठाइरहेका छन्, उनीहरूमध्ये धेरै नक्कली जेनजी हुन्। उनीहरूले सक्षम मान्छेलाई अघि बढ्न दिइरहेका छैनन्,’ उनले भने।

डा बिकका अनुसार, उनलाई आन्दोलनका मृतक परिवारले स्वास्थ्यमन्त्रीको लागि सिफारिस गरेका थिए। तर केही व्यक्तिहरूले मृतक परिवारलाई धम्क्याउँदै पैसा चाहियो कि मन्त्री भनेर दबाब दिएको दाबी गरेका छन्। उनले भने, ‘स्वास्थ्यमन्त्रीमा मेरो नाम पनि जेनजीको मृतक परिवारबाटै सिफारिस भएको थियो तर मृतक परिवारलाई तिमीहरूलाई पैसा चाहियो की मन्त्री चाहियो भनेर धम्काउनुभयो तर अहिले पनि धम्क्याइरहनुभएको छ। यस्तो अवस्थामा बोल्ने स्थिती छैन मृतक परिवारको पनि।’

डा बिकले सुदन गुरुङ र अनिल बानियाँको समूहप्रति इशारा गर्दै ती व्यक्तिहरूले आफूलाई धम्क्याएको बताए। ‘म जेनजीको समन्वय गरिरहेको छु, तर दुई–चार जना आफूलाई जेनजी भन्नेहरूले मलाई धम्क्याए। अनिल बानियाँ भन्ने सुदन गुरुङको मान्छे हुन् जस्तो लाग्छ। उनले सिधै आएर भने, ‘तँ हिरो बन्ने? स्वास्थ्यमन्त्री बन्ने हामी हो, हामी जेनजी हो,’ भन्दै धम्क्याए,’ डा बिकले भने।

उनले सुदन गुरुङको पात्रलाई लिएर प्रश्न उठाउँदै भने, ‘सुदन गुरुङ कसरी जेनजी हो ? न त उसमा बोल्ने क्वालिटी छ, न त एजेन्डा के हो भन्ने थाहा छ। यस्तो मान्छे जेनजी कसरी हुन सक्छ ?’

डा बिकले जेनजी आन्दोलनको भावना र बलिदानीमाथि यस्ता व्यक्तिहरूले राजनीतिक खेल खेलिरहेका बताए।  डा बिकले यथार्थ जेनजीहरू अझै सार्वजनिक रुपमा नआएको पनि बताएका छन्। ‘रियल जेनजी अझै बाहिर आएका छैनन्,’ उनले भने। डा बिकलाई ‘जेनजी प्रोटेस्ट मृतक तथा पीडित परिवार संघर्ष समिति नेपाल’ले स्वास्थ्यमन्त्रीका रुपमा नाम प्रस्ताव गरेको थियो। कमल सुवेदी संयोजक रहेको उक्त समितिमा बहुसंख्यक मृतक र घाइते परिवारहरू सदस्य छन्। संयोजक सुवेदीले डा. बिकलाई स्वास्थ्यमन्त्री बनाउन दबाब दिँदै आएका छन्।

प्रकाशित: २०८२ असोज १५ गते बुधबार ०६:११
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना