२०८३ कार्तिक १२ गते बुधबार

तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २३
470191149_1349209623125435_2204115489957938499_n

काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा एमआरई मेसिन खरिद प्रक्रियामा अनियमितता भएको पाइएपछि तत्कालीन उपकुलपति प्राडा संगिता भण्डारीसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले दायर गरेको आरोपपत्रअनुसार, एमआरआई खरिदका क्रममा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ का प्रावधानहरू उल्लङ्घन गर्दै बदनियतपूर्ण ढङ्गले प्रक्रिया अघि बढाइएको हो।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमआरआई मेसिन खरिदका लागि Supply, Delivery and Installation of Magnetic Resonance Imaging (MRI) System (IFB No: RAHS/NCB/HE/15/077/078) शीर्षकमा बोलपत्र आह्वान गरेको थियो। तर, खरिद आवश्यकताको पहिचान र खरिद गुरुयोजना नै नबनाई बजेट माग गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरिएको पाइएको छ।

त्यसपछि निश्चित कम्पनीसँग मात्र मेल खाने गरी प्राविधिक स्पेसिफिकेशन तयार पारिएको र एकै परिवारबाट सञ्चालित कम्पनीहरूबाट दररेट माग गरी लागत अनुमान तयार गरिएको उल्लेख छ।

अख्तियारका अनुसार, लुम्बिनी हेल्थकेयर प्रालिले  प्रस्ताव गरेको निर्धारित मापदण्ड ४.० GHz भन्दा ९०.४७% कम कार्यक्षमता भएको एमआरआईलाई  मेसिनलाई माइनर डेभियसन भन्दै स्वीकृति दिइएको थियो।

त्यही त्रुटिपूर्ण मूल्याङ्कनका आधारमा सो कम्पनीलाई “सारभूत रूपमा न्यूनतम र प्राविधिक रूपमा उपयुक्त” ठहर गर्दै रु. ११ करोड ४५ लाखको ठेक्का प्रदान गरिएको थियो। अख्तियारका अनुसार लेटर अफ क्रेडिट (एलसी) विदेशी मुद्रामा र ठेक्का नेपालीमा दिइएको भेटिएको छ।

प्रतिवेदनअनुसार, राष्ट्रियस्तरको बोलपत्र  भए पनि अन्तर्राष्ट्रियस्तरका लागि प्रयोग हुने कागजातहरू प्रयोग गरिएको थियो। यसबाहेक, उत्पादक कम्पनी United Imaging Healthcare (Malaysia) Sdn. Bhd. को नाममा एलसी खोलिएको र ठेक्का सम्झौता नेपाली रूपैयाँमा भए पनि भुक्तानी अमेरिकी डलरमा गरिएको पाइएको छ।

खरिद रकम रु. ११ करोड ४५ लाख भए पनि, भुक्तानी र शुल्कसहित रु. १२ करोड ७ लाख ६० हजार ९४६.१८ रुपैयाँ खर्च भएको भेटिएको छ। यसरी अनियमित भुक्तानीका कारण राप्ती स्वास्थ्य प्रतिष्ठानले रु. ६२ लाख ६० हजार ९४६.१८ रुपैयाँ आर्थिक हानि व्यहोरेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ।

खरिद गरिएका एमआरआई मेसिनले तोकिएका मापदण्ड नपुगेको, गुणस्तर र दक्षता समेत कमी भएको अवस्थामा पनि ‘नियमअनुसार परीक्षण नगरी स्वीकृति दिएको’ प्रमाण भेटिएको अख्तियारले जनाएको छ।

१३ जनाविरुद्ध मुद्दा दायर
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ र १९ अन्तर्गत अभियोग लगाउँदै निम्न अधिकारीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

१. तत्कालीन उपकुलपति प्रा.डा. संगिता भण्डारी
२. तत्कालीन कार्यवाहक रजिष्ट्रार झङ्कार लामिछाने
३. फाइनान्स म्यानेजर कैलाश प्रसाद देव
४.  बायोमेडिकल इन्जिनियर शरद भण्डारी
५. बायोमेडिकल इन्जिनियर  अमृत कुमार चौधरी
६. डेपुटी फाइनान्स म्यानेजर नितिन कुर्मी
७. शाखा अधिकृत छायाँ डिसी
८. शाखा अधिकृत श्रीराम चौधरी
९. आईटी अफिसर हिरालाल भण्डारी
१०. सिभिल इन्जिनियर मदन भण्डारी
११. वरिष्ठ सहायक अञ्जु शर्मा
१२. स्वास्थ्य सेवा विभागकी बायोमेडिल इन्जिनियर सुजाता भट्टराई
१३.लुम्बिनी हेल्थकेयर प्रालिका अध्यक्ष पोष्टराज ज्ञवाली

दायर गरिएको मुद्धा यस्तो छः

sangita bhandari1.jpgsangita bhandari2.jpgsangita bhandari3.jpgsangita bhandari4.jpg

प्रकाशित: २०८२ असोज २३ गते बिहिबार ०२:१९
प्रतिक्रिया

थप समाचार

एसियन हाइवे र झापाको विकास निर्माणमा सांसदको चासो, सिडिओ कार्यालयमा छलफल

झापा। जिल्लामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित कार्यालय प्रमुखबीच...

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना