२०८३ कार्तिक १४ गते शुक्रबार

अष्ट्रेलियामा गरिबी बढ्यो, ३७ लाख नागरिक बने विपन्न

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २७
australia

सिन्ह्वा: विकशित मुलुक अष्ट्रेलियामा गरिबीमा जीवन यापन गर्ने जनसङ्ख्या सन् २०२४–२५ आर्थिक वर्षमा ३७ लाख पुगेको छ। यो दर देशको कुल जनसङ्ख्याको १४.२ प्रतिशत हो।

अष्ट्रेलियन सामाजिक सेवा परिषद् (एसीओएसएस) र न्यु साउथ वेल्स विश्वविद्यालयले तयार पारेको ‘अष्ट्रेलियामा गरिबी सन् २०२५ः सारांश’ प्रतिवेदनअनुसार, अघिल्लो तथ्यांक सन् २०२१–२३ मा गरिबी दर १२.४ प्रतिशत थियो, जुन अब उल्लेखनीय रूपमा बढेर १४.२ प्रतिशत पुगेको छ।

न्यु साउथ वेल्स विश्वविद्यालयकी वरिष्ठ अनुसन्धानकर्ता युविस्थी नायडूका अनुसार, पछिल्ला दुई वर्षमा घरभाडामा अत्यधिक वृद्धि भएकोले खासगरी न्यून आम्दानी भएका व्यक्तिहरूको जीवनमा गम्भीर असर परेको छ। प्रतिवेदन अनुसार, सन् २०२१ अगस्तदेखि २०२३ अगस्तसम्मको अवधिमा ब्रिस्बेनमा घरभाडा ४१ प्रतिशत, सिड्नीमा ४० प्रतिशत र मेलबोर्नमा ३४ प्रतिशतले बढेको छ।

बालबालिकाको अवस्थासमेत चिन्ताजनक रहेको प्रतिवेदनमा उल्लेख छ। सन् २०२३–२४ मा अष्ट्रेलियामा प्रत्येक ६ बालबालिकामध्ये एक जना गरिबीको चपेटामा छन्, जसको सङ्ख्या ७ लाख ५७ हजार पुग्छ।

एसीओएसएसकी प्रमुख कार्यकारी अधिकृत क्यासान्ड्रा गोल्डीले सरकारको हालसम्मका प्रयासहरू स्वागतयोग्य भए पनि ती अपर्याप्त रहेको बताउँदै थप ठोस कदम चाल्न आवश्यक रहेको बताइन्।

उनले भने,’सरकारले अत्यन्तै न्यून रहेका आम्दानी सहायता भत्ता बढाउनुपर्ने, गरिबी न्यूनीकरणका लागि स्पष्ट लक्ष्य तोक्नुपर्ने, सामाजिक आवासको व्यवस्था विस्तार गर्नुपर्ने र सबैलाई रोजगारी सुनिश्चित गर्ने नीति ल्याउनुपर्छ। साथै, गरिबी घटाउने कार्यमा सबैलाई जिम्मेवार बनाउने गरी समयबद्ध लक्ष्य निर्धारण गरिनुपर्छ।’

प्रकाशित: २०८२ असोज २७ गते सोमबार ०२:२३
प्रतिक्रिया

थप समाचार

सुदूरपश्चिममा बैंकको ऋण लगानी कैलाली र कञ्चनपुरमा केन्द्रीत, अन्य ७ जिल्लामा न्यून

काठमाडौँः सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह सुस्त रहेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक अध्ययन प्रतिवेदनअनुसार प्रदेशमा बैंक तथा वित्तीय...

भुटानमा हिमताल विस्फोट, भारतका राज्यहरूमा सतर्कता

एजेन्सी: भुटानको लेमथाङ क्षेत्रमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबर्स्ट फ्लड–ग्लोफ) भएपछि उत्तर बंगालका विभिन्न क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ।  हिमतालबाट बाहिरिएको पानी संकोश नदीतर्फ...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना