२०८३ कार्तिक १४ गते शुक्रबार

आजदेखि खुल्दै गाजाको राफा नाका, छ सय सहायता सवारी प्रवेश गर्ने तयारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २९
gaza

एजेन्सी: इजरायलले गाजाको राफा नाका बुधबारदेखि पुनः खोल्ने निर्णय गरेको छ, जसबाट इजिप्ट हुँदै गाजामा मानवीय सहयोगका सामग्री पठाइनेछन्। इजरायली सार्वजनिक प्रसारण संस्थाका अनुसार संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, निजी क्षेत्र र दातृ राष्ट्रहरूले पठाउने करिब ६ सय सवारीसाधन गाजातर्फ पठाइने तयारी भइरहेको छ।

गाजामा दुई वर्षदेखि जारी द्धन्द्धका कारण खाद्यान्न, औषधि र अन्य आधारभूत सेवाको गम्भीर अभाव भएको छ। संयुक्त राष्ट्रसंघ र विभिन्न सहयोगी संस्थाहरूले बारम्बार राफा नाका खोल्न आग्रह गर्दै आएका थिए। संयुक्त राष्ट्रसंघले गत साउन महिनामा गाजामा दुर्भिक्ष भएको घोषणा गरे पनि इजरायलले त्यो दाबी अस्वीकार गरेको थियो।

राफा नाका खोल्ने निर्णय इजरायली राजनीतिक नेतृत्वको सहमतिमा गरिएको हो। यो निर्णय हमासले मंगलबार राति थप चार जना बन्धकको शव फिर्ता गरेपछि लिइएको हो। हालै सुरु भएको युद्धविराम सम्झौताअनुसार हमासले सबै बन्धकहरू जिउँदो वा मृत– ७२ घण्टाभित्र फिर्ता गर्नुपर्ने शर्त रहेको छ।

हालसम्म हमासले २० जना जिउँदो बन्धकहरू फिर्ता गरिसकेको छ, तर २८ जना मृतकहरूमध्ये केवल ८ जनाको मात्र शव फिर्ता गरिएको छ।

प्रकाशित: २०८२ असोज २९ गते बुधबार ०२:१३
प्रतिक्रिया

थप समाचार

भुटानमा हिमताल विस्फोट, भारतका राज्यहरूमा सतर्कता

एजेन्सी: भुटानको लेमथाङ क्षेत्रमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबर्स्ट फ्लड–ग्लोफ) भएपछि उत्तर बंगालका विभिन्न क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ।  हिमतालबाट बाहिरिएको पानी संकोश नदीतर्फ...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना