२०८३ कार्तिक २२ गते शनिवार

२८ महिनादेखि आईपीओ रोकिँदा ऊर्जा क्षेत्रमा १ खर्ब ८ अर्बको क्षति, इप्पानद्वारा आन्दोलनको घोषणा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २९
ippan_press

काठमाडौँ: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले २८ महिनादेखि जलविद्युत कम्पनीहरूको आईपीओ र हकप्रद शेयर निष्काशनमा भएको ढिलाइले निजी ऊर्जा क्षेत्र गम्भीर संकटमा परेको भन्दै सरकार र धितोपत्र बोर्डलाई तत्काल समाधान गर्न चेतावनी दिएको छ।

काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा इप्पानले धितोपत्र बोर्डको ढिलासुस्ती र नियमनको नाममा अवरोधका कारण निजी क्षेत्रले झन्डै १ खर्ब ८ अर्ब रुपैयाँ बराबरको क्षति व्यहोर्नु परेको दाबी गर्दै माग सम्बोधन नभए आन्दोलनमा जाने घोषणा गरेको छ। इप्पानका अध्यक्ष गणेश कार्की र महासचिव बलराम खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०७९ जेठपछि जलविद्युत कम्पनीहरूको आईपीओ नियमित रूपमा निष्काशन भएको छैन। ४३ कम्पनीको आईपीओ र ७ कम्पनीको राइट शेयर रोकिँदा २३ अर्बभन्दा बढीको शेयर निष्काशन प्रभावित भएको छ।’

इप्पानको अध्ययनअनुसार, समयमै शेयर निष्काशन नहुँदा १२ अर्ब ४० करोड रुपैयाँ ब्याज बढेको, २४ अर्ब ३० करोड लागत बढेको र ७१ अर्ब ७८ करोड रुपैयाँ राजस्व गुमेको उल्लेख छ। इप्पानले बोर्डले ‘रियल नेटवर्थ’ भन्ने नेपालको कानुनमा नरहेको मापदण्ड ल्याएर रिचेट, युनिक्यु, लाफिङबुद्ध लगायतका जलविद्युत कम्पनीहरूलाई आईपीओबाट हटाएको भन्दै आपत्ति जनाएको छ।

‘न त नेपालको कानुनमा ‘रियल नेटवर्थ’ भन्ने शब्द छ, न त अन्तर्राष्ट्रिय अभ्यासमै यसको कुनै मान्यता छ,’ अध्यक्ष कार्कीले भने, ‘यो मापदण्डको नाममा कम्पनीलाई अवैध रूपमा हटाइएको छ, जुन गम्भीर विषय हो।’

इप्पानले धितोपत्र बोर्डको ढिलाइले आयोजनामा स्थानीय अवरोध समेत बढाएको जनाएको छ। भोटेकोशी जलविद्युत आयोजनामा स्थानीयले १० प्रतिशत निःशुल्क शेयर माग गर्दै १ महिनाभन्दा बढी उत्पादन नै अवरुद्ध गरेको घटनालाई उदाहरण दिँदै इप्पानले स्थानीय शेयर समयमै निष्काशन नभएकोले यस्तो समस्या उत्पन्न भएको जनाएको छ। ‘धितोपत्र बोर्डकै ढिलाइले स्थानीयलाई शेयर दिन सकिएको छैन। अनि पछि ती स्थानीयले अवरोध गरिरहेछन् भन्ने कुरा आफैँ विरोधाभासी हो,’ इप्पानका महासचिव खतिवडाले भने।

इप्पानले निःशुल्क शेयर माग गर्दै आयोजना निर्माणमा अवरोध गर्नु गैरकानुनी भएको भन्दै त्यसको कडा विरोध गरेको छ। ‘१० प्रतिशत शेयर दिन कानुन बाध्यकारी छ, तर त्यो निःशुल्क दिन सकिँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘भोटेकोशी आयोजनाले पनि निःशुल्क होइन, नाममा शेयर दिने र ऋणको जमानत स्वरूप मात्र राख्ने सहमति गरेको हो।’

इप्पानले सीडीएससीले जलविद्युत कम्पनीहरूका प्रवद्र्धक र सर्वसाधारण शेयरधनीलाई छुट्टाछुट्टै (आइएसआइएन) नम्बर दिने तयारी गरेको भन्दै त्यसले विदेशी तथा गैरआवासीय नेपाली लगानीकर्तालाई निरुत्साहित गरेको उल्लेख गरेको छ।

यी हुन् इप्पानका मागहरू

  • आईपीओ र राइट शेयर निष्काशनमा भएको ढिलाइ तत्काल अन्त्य,
  • ‘रियल नेटवर्थ’ को नाममा हटाइएका कम्पनीका हकमा धितोपत्र बोर्ड अध्यक्षविरुद्ध मुद्दा दायर गर्ने,
  • ढिलाइका कारण भएको क्षतिको क्षतिपूर्तिका लागि अख्तियारमा उजुरी दिने,
  • १५ दिनभित्र माग पुरा नभए कडा आन्दोलन गर्ने,
  • स्थानीय अवरोध र निःशुल्क शेयर मागलाई ध्यानमा राख्दै इप्पानले ऊर्जा आयोजनाको सुरक्षाका लागि नीति बनाउन माग
  • लगानीको वातावरण बनाउन सरकारसँग माग
प्रकाशित: २०८२ असोज २९ गते बुधबार ०२:२५
प्रतिक्रिया

थप समाचार

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

लक्ष्मीपूजामा विद्युतको माग १७०० मेगावाट पुग्ने

प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको अधिकतम माग करीब १ हजार ७०० मेगावाट पुग्ने र उत्पादन भने २ हजार ५०० मेगावाट हुने अनुमान छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना