२०८३ कार्तिक १३ गते बिहिबार

पौडीमा थपिए ४ कीर्तिमान

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ २२
swimnepal

काठमाडौ- नेपाल पौडी संघको आयोजनमा भएको ११ औं एनएसए कप पौडी प्रतियोगिताको दोश्रो दिन ४ कीर्तिमान थपिएका छन्। दोश्रो दिन एलेक्सजेन्डर गादेगाद शाहले ५० मिटर र १०० मिटर फ्रिस्टायलमा दुई कीर्तिमान कायम गरेका हुन्।

५० मिटर फ्री स्टायलमा एलेक्सले बिहान हिट चरणमा आफ्नै नाममा रहेको २४.९७ सेकेन्ड समयमा सुधार गर्दै २४.१२ सेकेन्डमा दूरी पूरा गरेका थिए। उनले फाइनलमा पुनः त्यस समयमा सुधार गर्दै २३.९७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे। १०० मिटरमा एलेक्सले आफ्नो नाममा रहेको ५३.४१ सेकेन्ड समयमा सुधार गर्दै ५२.९६ सेकेन्ड समयका साथ नयाँ कीर्तिमान कायम गरे।

यसैगरी १०० मिटर ब्रेष्ट स्ट्रोकामा विकास कुमालले शुभमका नाममा रहेको १ मिनट १०.५९ सेकेन्डलाई विस्थापित गर्दै १ मिनेट १०.१४ सेकेन्ड समयलाई आफ्नो नाममा लेखाए । कुमालले हिजो पहिलो दिन दुई कीर्तिमान कायम गरेका थिए।

यस्तै अर्को कीर्तिमान नाजिर हुसेनको नाममा रह्यो। आफ्नै नाममा रहकेको ४ मिनट १२.२३ सेकेन्ड समयमा सुधार गर्दै ४ मिनट १२.१७ सेकेन्ड समयको नयाँ कीर्तिमान कायम गरे।

प्रतियोगितामा यु १० तर्फ पुरुषमा मायोन श्रेष्ठ र महिला तर्फ सिसोमबुम राई, ११—१२ तर्फ कल्किन श्रेष्ठ र रोयल प्रजापती, १३—१४ तर्फ अजल काजी ताम्राकार र मेगन गुरुङ्ग, १५—१७ तर्फ अल्भिन महर्जन र रोशा न्यौपाने र खुला तर्फ एलेक्जेन्डर गादेगाद शाह र महिला तर्फ गौरिका सिंह र दुवाना लामा संयुक्त रुपमा उत्कृष्ट खेलाडी घोषित भए। गौरिका र दुवानाको समान अंक भए पश्चात दुवैलाई उत्कृष्ट घोषित गरिएको थियो।

प्रतियोगितामा निसर्ग बाटिका स्कुल १२३ अंकका साथ प्रथम भयो। दोश्रो स्थानमा स्वस्ती श्री गुरुकुल ९८ अंक र तेश्रो स्थानमा लिङ्कन ५४ अंकका साथ रह्यो। विजयी खेलाडी तथा टिमलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले मेडल ट्रफी र प्रमाण पत्र प्रदान गरेका थिए।

उमेर समूहका उत्कृष्ट खेलाडीहरुले नगद ३ हजार र खुला तर्फका खेलाडीले नगद १० हजार प्राप्त गरे। यस्तै कीर्तिमान राख्ने खेलाडीहरुले प्रत्येक कीर्तिमान बापत ५ हजार नगद प्राप्त गरेका थिए।

प्रकाशित: २०८० जेठ २२ गते सोमबार ०९:४९
प्रतिक्रिया

थप समाचार

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना