काठमाडौं– सर्वोच्च अदालतले टीकापुर घटनामा तीन वटै अदालतबाट दोषी ठहर भई कारागारबास बसिरहेका रेशम चौधरीलाई आममाफी दिइएको विषयबारे कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार सरकारका नाममा कारण देखाऊ आदेश गरेको हो। उक्त मुद्दामा अदालतले अग्राधिकार दिएको छ।
कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवस १५ जेठमा आममाफी दिएका थिए।
उक्त आममाफी दिने निर्णयविरूद्ध टीकापुर घटनाका पीडित शारदा कडायत बोहराले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश गरेको हो।


