काठमाडौँ: काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको धाप ड्याम ताल पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ।
मानव निर्मित मनमोहक धाप ड्याम ताल करिब १३ हेक्टरमा फैलिएको छ। त्यहाँ पुग्न सुन्दरीजल, मूलखर्क, हिलेभञ्ज्याङ हुँदै शिवपुरी–नागार्जुन निकुञ्जस्थित सुन्दर धाप ड्याम अवलोकन पनि गर्न सकिन्छ।









