पोखरा नेपालकै सबैभन्दा सुन्दर र आकर्षक शहरमध्ये एक हो, जहाँ प्रकृति, साहसिक पर्यटन र शान्त वातावरणको अद्भुत संगम भेटिन्छ। अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमशृंखलाको छायामा फैलिएको यो शहर फेवा, बेगनास र रूपा तालका कारण अझ मनमोहक देखिन्छ। शान्त ताल, हरियाली पहाड, गुहाहरू, झर्नाहरू र बौद्ध–हिन्दू संस्कृतिका विविधता पोखराको पहिचान बनेका छन्।
पोखरा उपत्यकाको उत्तर पश्चिम क्षेत्रमा रहेको सारङकोट पोखराको एकदमै रमणीय स्थल हो, जहाँबाट हिमालयको धौलागिरी र अन्नपूर्ण शृङ्खलाहरू देख्न सकिन्छ। पोखरा शहर भित्र अवस्थित प्रसिद्ध फेवा ताल पनि यहाँबाट देखिन्छ। यहाँबाट देखिने सूर्योदय र सूर्यास्त निकै रुमाणी देखिन्छ। बिहानको पहिलो सुनौलो किरण सारङकोटको पहाडिमा झरेसँगै अन्नपूर्ण हिमशृंखला चम्किन थाल्छ। फेवा तालको सतहमा त्यही हिमालको उज्यालो प्रतिविम्ब परेपछि दृश्य झनै जादूमय देखिन्छ।
सारङकोटको उचाइले पोखरालाई एक अनौठो कोणबाट प्रस्तुत गर्छ—जहाँ शहरको चहलपहल, तालको निलो विस्तार र पहाडको सेतो शीर एकैपटक नियाल्न पाइन्छ। फेवा ताल शान्त र निःशब्द जस्तै देखिए पनि वरिपरिका डुंगा, कागतीबारी, हरियाली र टाढाबाट देखिने बलौटे किनाराले त्यसलाई जीवन्त बनाइदिन्छ।

\






























