काठमाडौँ: काठमाडौं जिल्ला प्रशासन कार्यालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। सोमबार मध्यरातमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय हुँदै जिप्रका लगिएको थियो।
प्रशासनले चार दिन म्याद थपेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईलेले जानकारी दिए।
उनलाई सोमबार राति भक्तपुरस्थित निवासबाट जिल्ला प्रहरी परिसर काठमाडौँ र अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको थियो।
पछिल्लो समय राष्ट्र, राष्ट्रियता धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईँले आगामी मंसिर ७ गतेदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गरेका थिए।


