काठमाडौँ: सरकारले गत भदौ २३ र २४ गते भएको जेनेरेसन जेड(जेनजी) आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई तत्काल १५ हजार रूपैयाँ उपलब्ध गराउने भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २ हजार ४२९ जनालाई जनही १५ हजार रुपैयाँ दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले बताए।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालमा सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने निर्णय गरेपछि युवाहरूले त्यसको विरोधमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा ७६ जनाको मृत्यु भएकोमा हजरौँ हताहत भएका थिए।


