काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १० वर्ष अवधि भएको ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०’ जारी गर्ने भएको छ। त्यसका लागि बैंकले हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
बैंकले प्रतिऋणपत्र अंकित मूल्य रु. हजार दरका जम्मा तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो।
सम्झौतामा सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन्। उच्चतम प्रतिफल सहितको यस ऋणपत्रबाट दिर्घकालीन लगानीकर्ताहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।


