२०८३ कार्तिक १७ गते सोमबार

सामान्य बन्दै बारा जिल्लाको सिमरा क्षेत्र

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ६
Simara_Bara District_DSC00069

सिमरा: बुधबार बारा जिल्लाको सिमरामा जेन जी युवा र नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू बीच भएको झडप पश्चात अशान्त बनेको सो क्षेत्र आज शनिबारसम्म आइपुग्दा सामान्य बन्दै गएको छ। बुधबार र बिहीबार सडक अवरोध गरी विरोध प्रदर्शन गरेका जेन जी युवा र जिल्ला सुरक्षा समिति बारा बीच शुक्रबार साँझ भएको वार्ता सँगै हाल अवस्था सामान्य बन्दै गएको हो।

जेन जी युवाहरूले शान्त रुपमा गरी रहेको प्रदर्शनीमा नेकपा एमाले निकट नेता तथा कार्यकर्ताहरूले अवरोध गरी हातपात गरेसँगै सिमरा अशान्त बनेको थियो।

भाद्र २३ र २४ गते देशव्यापी रुपमा भएको जेन जी आन्दोलनका क्रममा तत्कालीन सरकारले शक्तिको चरम दुरुपयोग गरी युवाहरूको हत्या गरेको र सो घटनामा संलग्न तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री लगायतलाई कानुनी रुपमा कारबाही गर्नु पर्ने माग राखी शान्तिपूर्ण प्रदर्शनी गर्दै गरेको जेन जी समूहलाई एमाले निकट नेता तथा कार्यकर्ताहरू हातपात गरेको बारा जिल्ला जेन जी युवा संयोजक सम्राट उपाध्यायले जानकारी दिए।

हाम्रो शान्तिपूर्ण प्रदर्शनी थियो, त्यही समयमा नेकपा एमालेका नेता महेश बस्नेत लगायत अन्य नेता बारा आउने कुरा हामीले सुनेका मात्र थियौं, हामीले कुनै झणड वा अशान्ति मच्चाउनका लागि प्रदर्शनी गरेका गरेका थिएनौं, तर त्यही समयमा प्रहरी प्रशासन र एमाले निकट नेता तथा कार्यकर्ताहरू हातपात गरेपछि हामी चुप लगेनौ उनले बताए।

शुक्रबार साँझसम्म बसेको वार्तामा जेन जी युवाहरूले विभिन्न ६ बुँदे माग राखेका छन्। सो घटनामा घटाउने योजनाकारलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने, जेन जी घाइतेलाई निःशुल्क उपचार गर्नु पर्ने, तत्कालिक जिल्ला प्रहरी प्रमुख लगायतलाई कारबाही गरिनु पर्ने उनीहरूको माग छ।

सो विषयमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र लगायत अन्य सुरक्षा निकाय र जेन जी समूहको सहमति भएसँगै सोमबार सम्मका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगन गरिएको छ। आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएसँगै शनिबार बिहानैबाट बारा सिमरा क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ। स्थानीयहरू बिहानै देखि आफ्नो काममा व्यस्त देखिएका छन्।

बुधबार र बिहीबार अवस्था निकै तनाव थियो, सुरक्षाको अवस्था नाजुक थियो, डर थियो अब भने सामान्य भएको छ, एक स्थानीयले बताए।एकतिर जेन जी, अर्को तिर एमाले निकट नेता तथा कार्यकर्ताहरू र प्रहरी प्रशासन शान्तिको माहोल नै थिएन, स्थानीयहरू त्रासमा बस्नु परेको थियो।

प्रकाशित: २०८२ मङ्सिर ६ गते शनिवार ०२:४३
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना