२०८३ कार्तिक ११ गते मङ्गलबार

बाजुराका ‘पाउरोटी बड्डा’: जो डोकोमा पाउरोटी बेचेर मासिक ५० हजार कमाउँछन्

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ८
pauroti_badda

बाजुरा: बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ९ अंगाउपानीका रनबहादुर रोकाया पाउरोटी व्यवसाय गरेर उदाहरणीय बनेका छन्। ‘पाउरोटी बड्डा’ नामले परिचित रोकाया बाजुराबासीलाई पाउरोटी चिनाउने व्यक्तिको रूपमा समेत चिनिन्छन्।

विगत १९ वर्षदेखि उनी पाउरोटी व्यवसायमा संलग्न छन्। अहिले रोकाया उमेरले ७२ वर्षको भए पनि जोश जाँगर भने उस्तै छ। विगतका दिनहरूमा हरेक दुःख कष्ट झेल्दै आएका रोकाया अहिले असल व्यवसायकर्मी रूपमा आफूलाई चिनाउँदै सबैको प्रेरणाको स्रोत समेत बनेका छन्। विगतका दिनमा भारतको नोकरीबाट घर परिवारको पेट पाल्दै आएका उनले त्यहाँको काम छोडेर आफ्नै जन्मभूमि फर्केर पाउरोटी व्यवसायतर्फ उन्मुख भए। अहिले उनले व्यवसायिक रूपमै १९ वर्षदेखि पाउरोटी उद्योग सञ्चालन गरेर बसेका छन्, जुन व्यवसायबाट उनले आफ्ना छोराछोरीहरूलाई उच्च शिक्षा अध्ययन समेत गराए।

अहिले पनि उनले दुई नाति, एक नातिनी र एक छोरीलाई पढाइ रहेका छन्। पाउरोटी बेचेरै उनको घरधन्दा चलेको छ। बिहानै ४ बजेदेखि उनको पेसा, व्यवसाय सुरु हुन्छ। पाउरोटी र डोनट बनाएर सकेपछि डोकोमा हालेर बेच्नको लागि बजारतिर निस्किन्छन्।

उनले ताजा पाउरोटी र डोनट प्रतिएकको १० देखि १५ रूपैयाँका दरले बिक्री गर्दै आएका छन्। पहिले बाउलीमा व्यवसाय सञ्चालन गर्दै आएका उनले अहिले बडिमालिका ८ रावलबाडा डाँडामा कोठा भाडा लगेर व्यवसाय सञ्चालन गरिरहेका छन्। व्यवसायबाट मासिक पचास हजारभन्दा बढी आम्दानी हुने गरेको उनको भनाइ छ। आम्दानी भएको रकमबाट कोठाभाडा तिरेर अन्य सर–सामान किन्दा न्यूनतम १० हजारसम्म बचत हुने गरेको रोकायाले बताएका छन्। आफूभित्रको इच्छाशक्ति, क्रियाशीलता, निरन्तरता र मेहनतले नै सानो व्यवसाय चलिरहेको रोकायाको भनाइ छ।

उनी पाउरोटी उत्पादनसँगै बजारीकरणका लागि आफै बजारभर हिँड्ने गरेका छन्। रोकाया भन्छन्, ‘बिहानै ताजा पाउरोटी र डोनट डोकामा हालेर बेच्न बजार जान्छु। सबेरै सबै पसलमा पुग्दा नास्ताका लागि ग्राहक बसेका हुन्छन् र सबै पसलेले किन्ने गर्छन्।’

मानिसका लागि कुनै पनि पेसा व्यवसाय सानो–ठूलो हुँदैन भन्ने ध्येयका साथ व्यवसाय गरिरहेको उनको भनाइ छ। दिनहुँ पाउरोटी व्यवसायबाट न्यूनतम दुई हजारदेखि पच्चीस सय आम्दानी गर्ने गरेको उनको भनाइ छ। मासिक पचास हजारभन्दा बढीको दरले वार्षिक छ/सात लाख आम्दानी हुने गरेको उनले बताए। उनका अनुसार, पाउरोटी व्यवसाय सञ्चालनको लागि पकाउने मेसिन घरेलुले २०७४ सालमा असी हजार बढीको लागतमा उपलब्ध गराएको र धुलो मिच्ने मेसिन असी हजारको लागतमा आफ्नै लगानीमा खरिद गरेको बताएका छन्।

उनले भने, ‘अहिले पकाउने मेसिन राम्रो भए पनि धुलो मिच्ने मेसिन बिग्रने अवस्थामा छ। कहिँकतैबाट धुलो मिच्ने मेसिन सहयोग भएको खण्डमा ठूलो राहत हुने थियो।’

साथै उनले मेसिन उपलब्धताको लागि सबैसँग सहयोगको आग्रह समेत गरेका छन्। साथै रोकायाले अहिले बजारमा बाहिरबाट पाउरोटी र डोनट आयात हुने हुँदा समस्या थपिएको समेत बताएका छन्। अहिले बजारभर बाहिरबाटै पाउरोटी र डोनट आउने गर्छन्, जसले गर्दा व्यवसायमा चुनौती थपिएको छ।

रोकायाले भने, ‘बाहिरबाट आयात भए पनि आफू आफ्नो पेसा, व्यवसायमा लगावका साथ निरन्तरता दिन्छु। जसका कारण उत्पादित पाउरोटी, डोनट खेर जाँदैनन्। सबै बिक्री हुन्छन्। जसले गर्दा आफू खासै निराश हुनु पर्दैन।’ रोकाया एक उदाहरण पात्र मात्रै हुन्। यस्ता स–साना व्यवसाय सञ्चालन गरेर असल कर्मको परिचय दिएका व्यक्तिहरू बाजुरामा थुप्रै छन्।

उनको पेसाले ‘मेहनत आवश्यक छ, देशमा अवसर छैन भन्न मिल्दैन। कर्म गर्न जरुरी छ। विदेश पलायन हुनुभन्दा आफ्नै ठाउँमा मेहनत गरे प्रतिफल प्राप्त हुन्छ।’ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ। रोकायाको यो सामान्य पेसा, व्यवसाय एक असल उदाहरण मात्रै होः तर कुनै पनि पेसा व्यवसाय सानो हुँदैन भन्ने कुरा यसबाट जान्न सकिन्छ।

प्रकाशित: २०८२ मङ्सिर ८ गते सोमबार ०२:३३
प्रतिक्रिया

थप समाचार

गाउँमै सम्भव छ: झाडी फाँडेर गरेको उद्यम, बदलिएको भुवाने

तनहुँमा १२ वर्षसम्म होटल व्यवसाय गरेका रमेश कोभिड–१९ को महामारीपछि जन्मथलो फर्किए। व्यवसाय प्रभावित भएपछि  २०७७ सालमा परिवारसहित गाउँ फर्किएका रावलले सडक छेउमै रहेको पुर्ख्यौली जग्गाको...

कतार र मलेसियामा पसिना बगाएर फर्किए, लक्ष्मीमार्गको पहिचान नै बनाए ‘सकुटी बजार’

कतारमा ६ वर्ष बिताएर फर्केका प्रेम श्रेष्ठ र मलेसियामा आठ वर्ष श्रम गरेका दिलीप श्रेष्ठले देशमै सुकुटी व्यवसाय सुरु गरे। सुरुआती दिनमा महिनामा २०–३० किलो सुकुटी बेच्न धौ–धौ हुने प्रेमको पसलबाट...

जालपादेवी केबलकारले कोरिँदैछ सुदुरपश्चिमको समृद्ध आधार

सुदूरपश्चिम। माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ। नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा...

एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४.१७ प्रतिशत सुधार

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सोमबार सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई) को नतिजामा ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड गरेका छन्। गत वर्षको...

जेठ १५ गते सिंङगो नेपाल केन्द्रित बजेट आउछः अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा सांसदहरूसँग छलफल गरेका छन्। बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय कार्यालयमा बजेटसम्बन्धी...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना