रौतहट: रौतहट प्रहरीले रसायनिक मलसहित चारवटा मोटरसाइकलाई नियन्त्रणमा लिएको छ। भारतबाट तस्करीको माध्यमबाट भित्र्याइएका २२ बोरा रसायनिक मल लोड भएका चार वटा मोटरसाइकल प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो।
गुजरा नगरपालिका वाड न.२ रङ्गपुर मैरास्थित नहरको डिलबाट बरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ। ना.२४ प. ६२३२, विआर ३०० एन २७५२, विआर ३३ वाई ५३०२, र विआर ०५ एन ८९८३ नम्वरको चारवटा मोटरसाइकलबाट २२ बोरा रसायनिक मल बरामद भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी रुपा लाबुङले जानकारी दिइन्।
प्रहरीले नहरमा गस्ती गर्ने क्रममा फेला परेको र घटनामा सग्लन भागेकाले खोजी कार्य भै रहेकोे उनले बताइन्। मोटरसाइकल छाडेर चालकहरु फरार भएपछि उक्त सामानहरु बेवारिसे अवस्थामा बरामद गरिएको उनको भनाइ छ।
प्रहरीले बरामद भएका रासायनिक मलसहित मोटरसाइकल आवश्यक अनुसन्धान एवं कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाउने तयारी गरेको छ।


