२०८३ कार्तिक २३ गते आईतबार

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको पुनर्संरचना, सेयर पुँजी घटाएर एक प्रतिशत कायम

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ९
Karnali-development-bank

काठमाडौं। समस्याग्रस्त बनेको कर्णाली डेभलपमेन्ट बैंकको सेयर पुँजी घटाएर एक प्रतिशत कायम गरिएको छ।

नियामक नेपाल राष्ट्र बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै बैंकको संस्थापक र सर्वसाधारणको सेयर संख्या घटाएर एक कित्ता कायम गरिएको जानकारी दिएको छ।

बैंकलाई पुनर्संरचना गर्न सेयर संख्या एक प्रतिशत कायम गरिएको केन्द्रीय बैंकले स्पष्ट पारेको छ।

राष्ट्र बैैंकद्धारा गठित व्यवस्थापन समूहले २५ जना संस्थापक सेयरधनीको कूल २१ लाख ३६ हजार ६० कित्तालाई एक प्रतिशतमा झारेर २१ हजार ३६० कित्ता कायम गरेको जानकारी दिएको छ।

बैंकको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गर्दा चुक्ता पुँजी क्षय भएको  र सम्पत्तिले दायित्व नखाम्ने देखिएको छ।

यस्तै ३५ जना सेयरधनीको चुक्ता हुनुपर्ने सेयर पुँजीवापतको रकम अवैधानिक रुपमा चुक्ता भएको देखिएको बैंक व्यवस्थापन समूहले जनाएको छ।

यस्तै १० जना साधारण सेयरधनीको १२ हजार ६८४ कित्ता सेयर रहेकोमा घटेर १२६ कित्तामा झरेको छ। ३५ जनाको संस्थापकको सेयर पुँजी २२ करोड रुपैयाँ घटेर २२ हजार रुपैयाँ कायम हुने भएको छ।

बैंकको कूल दायित्व ४ अर्ब ३३ करोड रुपैयाँ र सम्पत्तिको मूल्य २ अर्ब ४५ करोड रुपैयाँ मात्र छ। यसले गर्दा दायित्व र सम्पत्तिबीच १ अर्ब ८८ करोड रुपैयाँको ठूलो अन्तर देखिएको छ।

यो बैंकलाई तत्काल खारेजी (लिक्विडेसन) मा पठाउँदा निक्षेपकर्ताहरूले ठूलो नोक्सानी व्यहोर्नुपर्ने अवस्था आएपछि केन्द्रीय बैंकले कर्णाली डेभलपमेन्टलाई पुनर्संंरचनामा लैजान लागेको हो।

बैंकलाई राष्ट्र बैंकले २०८१ पुस १० गते समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरी बैंकेको केन्द्रीय कार्यालय बाँकेमा टोली पठाएको छ।

खतिवडा नेतृत्वको टोलीले २०८१ पुस ११ गतेदेखि बैंकको व्यवस्थापन सम्हाल्दै आएको छ। बैंकमा ५१ प्रतिशत सेयर स्वामित्व संस्थापक सेयरधनीको छ।

यस्तै ४९ प्रतिशत सेयर सर्वसाधारणको छ। कुल ५० करोड चुक्तापुँजी भएको बैंकमा २५ करोड ६४ लाख संस्थापकको र २४ करोड ६३ लाख रुपैयाँ सेयर सर्वसाधारणको छ।

बैंकमा अधिकांश रकम सहकारीको छ। २६१ सहकारीको यो बैंकमा बचत रहेको पाइएको छ। बैंकको बचत अपचलन गर्नेहरूमाथि मुद्दा चलेको छ।

२०८१ पुससम्म बैंकमा कुल दुई अर्ब ९७ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह र चार अर्ब ६४ करोड ३१ लाख रुपैयाँ निक्षेप थियो। बैंकमा कुल एक लाख सात हजार २४७ वटा निक्षेपकर्ता र कुल एक लाख एक हजार १२५ निक्षेप खाता रहेको छ ।

बैंकमा कुल एक हजार ५६ जना ऋणी रहेका छन्। राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको दिन २०८१ पुससम्म बैंक एक अर्ब ७६ करोड १९ लाख रुपैयाँ नोक्सानमा रहेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकमा तीन अर्ब २० करोड रुपैयाँ अपचलन भएको निष्कर्षसहित १०८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालय, बाँकेमा प्रतिवेदन बुझाएपछि हाल अदालतमा मुद्धा चलिसकेको छ।

अहिले अदालतको आदेशले बैंकका सञ्चालक राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्र र वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी थुनामा छन्।

बैंकले तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाका कारण राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो।  निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको थियो।

प्रकाशित: २०८२ मङ्सिर ९ गते मङ्गलबार ०८:०७
प्रतिक्रिया

थप समाचार

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

लक्ष्मीपूजामा विद्युतको माग १७०० मेगावाट पुग्ने

प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको अधिकतम माग करीब १ हजार ७०० मेगावाट पुग्ने र उत्पादन भने २ हजार ५०० मेगावाट हुने अनुमान छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना