२०८३ कार्तिक १२ गते बुधबार

काठमाडौँका मेयर साहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्साले पायो चर्चा

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ २५
greate Nepal map

काठमाडौँ- नेपाल र भारतको सीमा विवाद चलिरहेको समयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ। भारतले भर्खरै आफ्नो संसद भवनमा राखेको ‘अखण्ड भारत’ को नक्साको चर्चा चुलिरहेको समयमा मेयर बालेन्द्रको कार्यकक्षमा भने ग्रेटर नेपालको नक्सा राखिएको हो।

मेयर बालेन्द्र शाहले साहसिक निर्णय लिँदै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएकौ चर्चा अहिले समाजिक सञ्जालमा भइरहेको छ।

केही हप्ता अघि मात्र भारतले आफ्नो नयाँ संसद भवनमा नेपाल, बंगलादेश, पाकिस्तानसहिको भू–भागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेको थियो। त्यो संसद भवनको केही दिनअघि मात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए। त्यसपछि साहले त्यसलाई ‘काउन्टर’ दिँदै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन्।

भारतले बनाएको अखण्ड भारतको नक्साबारे नेपालका परराष्ट्र मन्त्री एनपी साउदले आफूलाई थाहा नभएको बताएका थिए। यसै बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी भएको जिकिर गरेका छन्।

यता काठमाडौं महानगरले भने केही दिनअघि मात्र यो नक्सा कार्यकक्षमा राखेको हो। तर मेयर साह भने अहिले काठमाडौं बाहिर छन्। उनी पत्नीको उपचारका लागि भारतको बैंग्लोर गएका छन्। उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएको मेयरको सचिवालयले जानकारी दिएको छ।

यता भारतको संसद भवनभित्र नयाँ नक्सा राखिएको विषयमा बंगलादेश र पाकिस्तानले प्रश्न उठाएका छन्। यता नेपालमा पनि भारतको यो कदमको तीव्र विरोध भइरहेको छ। तर सरकारले यो विषयमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री एनपी साउदबीचै नै कुरा बाझिएको छ।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले नेपालको संसद भवनमा पनि ग्रेटर नेपालको नक्सा राख्न सुझाव दिएका थिए।

अहिले नेपालको क्षेत्रफल एक लाख ४१ हजार १८१ वर्ग किमी छ। यो सुगौली सन्धिसँगै नेपालएले गुमाएर बचेको जमिनको क्षेत्रफल हो। त्यसअघि नेपाल पूर्वमा टिस्टादेखि पश्चिमका काँगडासम्म फैलिएको थियो।

सन् १८१६ को मार्च ४ मा नेपाल र इस्ट इन्डिया कम्पनीबीच भएको सुगौली सन्धीमा नेपालको भूभाग मेची–महाकाली तोकिएको छ।

प्रकाशित: २०८० जेठ २५ गते बिहिबार ०३:०९
प्रतिक्रिया

थप समाचार

‘अखण्ड भारत’मा नेपाली भूभाग समेटिएको विषयमा सरकार मौन

नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी र पाकिस्तानको तक्षशीलासम्मका क्षेत्रलाई समावेश गरिएको छ। अखण्ड भारतमा भारतवर्षका पुराना राज्य र सहरलाई समावेश गरिएको बताइँदै आएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना