काठमाडौँ- प्रभु बैंकले आफ्नो संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर शुक्रबारबाट बिक्रीमा राखेको छ। बैंकले कुल २६ लाख ५० हजार ८०२ कित्ता सेयर बिक्री गर्न लागेको हो।
बैंकको संस्थापक सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। १५ दिनभित्र काठमाडौँको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन दिन बैंकले सूचना जारी गरेको छ।
यसअघि बैंकले उक्त सेयर बिक्रीका लागि आह्वान गरेको थियो। तर निर्धारित ३५ दिनको म्यादभित्र खरिदका लागि संस्थापक सेयरधनीहरुबाट नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।


