२०८३ कार्तिक ११ गते मङ्गलबार

जगदुल्ला हाइड्रोपावरले १२४ मेगावाटको दोस्रो जलविद्युत आयोजना बनाउने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १७
jagadulla-hydropower-compony-

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले स्थापना गरेको जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले दोस्रो जलविद्युत आयोजना बनाउने भएको छ। कम्पनीले हाल १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलासय आयोजना निर्माण सुरु गरेको छ।

कम्पनीले अब १२४ मेगावाटको जगलदुल्ला ए अर्धजलासय जलविद्युत आयोजना बनाउन लागेको हो। कम्पनीले सेमी क्यासकेड परियोजनाको रुपमा दुई आयोजना विकास गर्ने भएको छ।

आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयारीको लागि क्षेत्र निर्धारण गर्न लागेको छ।

प्रस्तावित आयोजना कर्णाली प्रदेश, डोल्पाको मुड्केचुला गाउँपालिका, जाजरकोटको नलगाड नगरपालिका तथा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रहेको छ।

गत साउनमा क्षेत्र निर्धारण सम्बन्धि सार्वजनिक सूचना प्रकाशित भई परिचालन गरिएकोमा रुकुम पश्चिममासमेत संलग्न गर्नु पर्ने भएकोले सो जिल्लालाई लक्ष्य गरेर यो पूरक इआइ गर्न लागेको कम्पनीले जनाएको छ।

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो, ठेक्का सम्झौतामा हस्ताक्षर

यसका लागि मुड्केचुला गाउँपालिकाको वडा नं। ४ स्थित इलमा रहेको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजनाको टेलरेस सुरुङबाट निस्केको पानी जगदुल्ला ए जलविद्युत आयोजनाको हेडरेस सुरुङले प्रयोग गर्ने प्रस्ताव गरिएको छ।

फेदी खोलाको पानी पनि आयोजनाले प्रयोग गर्ने भएको छ।

आयोजनाका लागि चाहिने जगदुल्ला नदीको पानी प्रयोग गर्न १९ मिटर अग्लो बाँध बनाइने भएको छ। बाँधका कारण नदीमा करिब एक लाख २८ हजार १४५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको आठ लाख २० हजार घन मिटर क्षमताको जलाशय बन्नेछ।

३०.६ घन मिटर प्रति सेकेन्डको वहाव प्रयोग गरी वार्षिक ७० करोड ८२ लाख ६ हजार युनिट बिजुली उत्पादन हुने गरी आयोजनाको डिजाइन गरिएको छ।

त्रिवेणीबाट करिब ५ किलोमिटर टाढा रहेको जमिनमुनि बनाइने विद्युतगृहमा पानीलाई तीन वटा टर्वाइनमा खसाली विद्युत उत्पादन गरिने कम्पनीले जनाएको छ।

आयोजनाबाट उत्पादित विद्युत प्रसारणका लागि विद्युत गृहबाट करिब ३४ किलोमिटर लामो प्रसारण लाईन मार्फत दानीपिपल, रुकुम पश्चिममा स्थित ४०० केभीको नलगाड हब सबस्टेशनमा जोडिने योजना छ।

परमार्शदाताको रुपमा इआरएमसी श्रेष्ठ कन्सल्टेण्ट ग्रीड जेभीले परामर्शदाताका रुपमा काम गरिरहेका छन्।

१०६ मेगावाट क्षमताको जगदुल्ला आयोजना निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भइसकेको छ।

जगदुल्ला हाइड्रोपावर र जेसीईरएएनके जेभीबीच निर्माणसम्बन्धी सम्झौता भएको छ।प्रवद्र्धक कम्पनी र जेसीईरएएनके जेभीबीच १२ अर्ब १८ करोड रुपैयाँ बराबरको निर्माण सम्झौता भएको हो।

प्रवद्र्धक कम्पनीले २०८१ जेठ २० गते सिभिल र हाइड्रोमेकानिकल संरचना निर्माणका बोलपत्रको सूचना प्रकाशित गरेको थियो। सो सूचनामा विभिन्न सात कम्पनीले प्रारम्भिक प्रस्ताव दर्ता गरेको भए पनि कुनै कम्पनी छनोट हुन सकेको थिएन।

दोस्रो पटकको सूचनामा दुई कम्पनी ग्राह्य भएका थिए । त्यसमध्ये सबैभन्दा कम बोलपत्र प्रस्ताव गर्ने जेसीईरएएनके जेभी योग्य भएको हो।

आयोजनाका नबिल बैंकको नेतृत्वमा सहवित्तीयकरण सम्बन्धी सम्झौता भएको थियो। सम्भौताअनुसार, नबिल बैंकले चार अर्ब ४० करोड लगानी गर्ने भएको छ।

यस्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल), कर्मचारी सञ्चय कोष, लक्ष्मी सनराइज बैंक र एभरेष्ट बैंकले लगानी गर्नेछन्।

आयोजनामा एचआइडीसीएल र कर्मचारी सञ्चय कोषले समान चार चार अर्ब लगानी गर्ने छन भने लक्ष्मी सनराइज बैंकले दुई अर्ब र एभरेस्ट बैंकले एक अर्ब ५० करोड बराबर लगानी गर्नेछ।

आयोजना निर्माणका लागि २३ अर्ब बराबर लाग्ने अनुमान छ । त्यसमध्ये १६ अर्ब ऋण र सात अर्ब भने स्वपूँजीबाट जुटाइएको छ।

निर्माण सुरु भएको पाँच वर्षमा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ।

 

प्रकाशित: २०८२ मङ्सिर १७ गते बुधबार ०८:५१
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।

रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी 

धनगढी। धनगढीमा रायो साग खेतीबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेका छन् प्रेम राना। कृष्णपुर नगरपालिका पिपरिया–९ का राना परिवारका लागि रायो खेती आर्थिक उपार्जनको गतिलो माध्यम बन्दै गएको...

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व

काठमाडौँ: नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ, र निर्वाचन सर्वसम्मत भएको छ। हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना