२०८३ कार्तिक ११ गते मङ्गलबार

रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी 

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १०
veg_farm

धनगढी। धनगढीमा रायो साग खेतीबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेका छन् प्रेम राना। कृष्णपुर नगरपालिका पिपरिया–९ का राना परिवारका लागि रायो खेती आर्थिक उपार्जनको गतिलो माध्यम बन्दै गएको छ।

रानाको रायो सागका तीन ठूला बारीका फाँटहरु छन। बारीमा उत्पादन भएको साग दिनहुँ टिपेर किलोका हिसाबले धनगढी बजारमा बिक्री गर्ने गरिएको छ।

साग टिप्ने र बजारसम्म पुर्‍याउने काममा प्रेम रानासँगै उनका परिवारका सदस्यहरू पनि खटिने गरेका छन् । परिवारका सबै सदस्य मिलेर खेतीपातीमा लाग्दा घरखर्च चलाउन सहज भएको उनको भनाइ छ। परिवारमा ११ सदस्य छन्।

रानाको बारीबाट दैनिक एक सयभन्दा बढी एक किलोका मुठा रायो साग टिपेर बिक्री हुने गरेको छ। उनले दुई महिनाको अवधिमा साग बिक्रीबाट साढे दुई लाख रुपैयाँ आम्दानी गरेको बताए।

साग खरिद गर्न ग्राहकहरू खेतबारीमै पुग्ने र आफैँले टिपेर लैजानेसमेत गरेका छन्। यसले बजारमा सागको माग राम्रो रहेको देखाउँछ। प्रेमका अनुसार करिब चार महिनासम्म रायो साग टिपेर बिक्री गर्न सकिने भएकाले यो खेतीबाट थप आम्दानी हुने अपेक्षा छ।

खेतीबाट अझै पूर्ण सफलता हासिल गरिनसकेको बताउने राना आफ्नो कामप्रति भने उत्साहित छन्।

आफ्नो कामबाट पूर्ण सफलता पाएपछि मात्र सार्वजनिक रूपमा बोल्ने बताउँदै उनी हाँस्दै आफ्ना अनुभव सुनाइरहेका थिए। उनको यो भनाइले खेतीबाट केही राम्रो आम्दानी भए पनि अझै अगाडि बढ्ने चाहना रहेको देखाउँछ।

प्रेम रानाले एउटै मौसममा मात्र नभई मौसमअनुसार साग खेती गर्दै आएको बताएका बताए । रायो सागसँगै अन्य फलफूल खेतीबाट पनि आम्दानी हुने गरेको उनको भनाइ छ।

परिवारका सदस्यहरू मिलेर खेतीमा काम गर्दा घरपरिवार पाल्न सहज भएको उनी बताउँछन्। मेहनत, निरन्तरता र बजारको मागलाई ध्यानमा राखेर खेती गर्न सके कृषि व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ।

प्रकाशित: २०८३ कार्तिक १० गते सोमबार ०५:२८
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व

काठमाडौँ: नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ, र निर्वाचन सर्वसम्मत भएको छ। हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा...

महिलाले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शनी, ‘म उद्यमी’ ट्रेडमार्क प्रयोगमा

काठमाडौं। महिला उद्यमी महासंघ नेपाल (एफडब्लुइएएन) ले ‘म उद्यमी’ ट्रेडमार्क (सामूहिक चिन्ह) प्रयोगसँगै उत्पादनहरुको सामूहिक प्रदर्शन सुरु गरेको छ। एफडब्ल्युइएएनले बिहीबार ललितपुरको सानेपास्थित...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना