२०८३ कार्तिक १२ गते बुधबार

दूधकोशीको पानी ४ हजार ५०० मिटरमाथि पुर्‍याइयो

 |  रासस
Sanket

रासस

खोटाङ, जेठ २६
dudhkoshi

खोटाङ- सुख्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाअन्तर्गत दूधकोशीको पानी भुम्जुडाँडामा पुर्‍याउने प्रयास सफल भएको छ।

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लुलिमाबाट बिहीबार दिउँसो वडा नं २ डिकुवास्थित भुम्जुडाँडामा सफलतापूर्वक पुर्‍याइएको हो।

दूधकोशीबाट एक सय ५० एमएमको फलामे पाइपमार्फत चार हजार ५०० मिटरमाथि रहेको भुम्जुडाँडामा पुर्‍याउने प्रयास सफल भएको सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख इन्जिनियर हिराकाजी महर्जनले जानकारी दिए।

‘दूधकोशीबाट छ लिफ्ट ट्याङ्की हुँदै भुम्जुडाँडामा बनाइएको सातौँ ट्याङ्कीमा पानी पुर्‍याउने सफल भइएको छ। भुम्जुडाँडामा पानी निकाल्ने प्रयासको सफल परीक्षण भएसँगै स्थानीयमा उत्साह जगाएको छ’, उनले भने, ‘दूधकोशीबाट पानी लिफ्ट गरेर नगरपालिकाका सात वडाका कम्तीमा तीन हजार सात सय ५६ घरधुरी उपभोक्तालाई वितरण गर्ने लक्ष्य राखिएको छ। अब त्यो लक्ष्य चाँडै पूरा हुने अवस्थामा पुगेको छ।’

बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाका लागि नदी किनारमा तीन लाख क्षमताको एउटा र भुम्जुडाँडामा चार लाख लिटर क्षमताको तीन वटा ट्याङ्की बनाइएका छन्। त्यसको बीच भागमा पर्ने विभिन्न पाँच ठाउँमा एक–एक लाख लिटर क्षमताका लिफ्ट ट्याङ्की निर्माण गरिएको जनाइएको छ।

दूधकोशीको पानीलाई डिकुवाको भुम्जुडाँडा र वडा नं ७ महादेवस्थानको काभ्रेडाँडामा पुर्‍याएर वितरण गर्ने लक्ष्यका साथ विसं २०७४ देखि लिफ्टिङ खानेपानी आयोजनाको काम अघि बढाइएको थियो। दूधकोशीको लुलिमाबाट भुम्जुडाँडा र महादेवबेँसीबाट काभ्रेडाँडामा लिफ्ट गरेर पानी पुर्‍याएर मेनलाईनको ठेक्का दिवा–महादेव–खिम्ती जेभीले धमाधम गरिरहेको छ।

महादेवबेँसीबाट काभ्रेडाँडामा पानी पुर्‍याउनका लागि पम्प जडानको काममात्र बाँकी रहेको आयोजना प्रमुख महर्जनले बताएको छ। भुम्जुडाँडामा पुर्‍याइएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने वितरणलाइनको ठेक्का लामा कन्ट्रक्सन र काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मङ्गलटारमा वितरण गर्ने कामको ठेक्का रमन–सगरमाथा–घिमिरे जेभीले लिएको छ।

हलेसी बृहत् पम्पिङ खानेपानी आयोजनाको डिपिआर ९विस्तृत परियोजना प्रतिवेदन०मा ट्रिटमेन्ट प्लान्ट ९प्रशोधन केन्द्र०का स्किम छुट भएकाले पुनः स्टिमेट गरेर मन्त्रालय पठाइएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले जनाएको छ। कार्यालय प्रमुख महर्जनका अनुसार ट्रिटमेन्ट प्लान्टका लागि जग्गा व्यवस्था गरेर रु १९ करोड ९५ लाखको लागत अनुमान पेश गरिएको हो।

दूधकोशीको पानी तानेर सिधै उपभोग गर्न उपयुक्त नहुने भएकाले लागत अनुमान अनिवार्य गर्नुपर्ने अवस्था आएको निर्माण उपभोक्ता समितिका अध्यक्ष इवन राईले बताए। ‘लागत अनुमान प्लान्ट स्थापनाका लागि लिलिमाबेँसी र महादेवबेँसीमा नौ–नौ रोपनी जग्गा व्यवस्था गरिएको छ’, हलेसी तुवाचुङ नगरपालिकाका पूर्वनगर प्रमुखसमेत रहेएका अध्यक्ष राईले भने, ‘हाम्रो नगरपालिकाका ११ वटै वडाका स्थानीय बासिन्दाले खानेपानीको समस्या भोग्दै आएका छन्। ढिलै भए पनि दूधकोशीको पानी पम्पिङ गरेर पाइप लाइनमार्फत स्थानीय बासिन्दाको घरघरमा वितरण गर्नेगरी बृहत् खानेपानी आयोजनाको काम सफल हुँदै जाँदा उनीहरुसमेत हर्षित छन्।’

सरकार, सङ्घीय खानेपानी मन्त्रालयको रु ९६ करोड ४५ लाख लगानीमा सम्पन्न गर्ने गरी पाँच वर्षअघि निर्माण सुरु गरिएको उक्त बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाको काम ९० प्रतिशत पूरा भएको जनाइएको छ। पाइपलाइनको काम उपभोक्ता आफैले गर्नुपर्ने भएकाले मेनलाइनको पानी सफलतापूर्व निस्किएपछि स्थानीय बासिन्दा आ–आफ्नो क्षेत्रमा पाइपलाइनको काम गरिरहेका छन्।

बर्सातको समयमा घरको छानामा पाइप जडान गरेर जम्मा भएको पानी उपभोग गर्ने हलेसी क्षेत्रका स्थानीय बासिन्दा हिउँदको समयमा घटौँ लगाएर दूधकोशीबाट बोकेर ल्याएको पानी उपभोग गर्दै आएका छन्। कतिपय स्थानीय बासिन्दाले ट्र्याक्टर तथा ट्रकमार्फत ड्रममा भरेर दूधकोशीकै पानी ल्याएर उपभोग गर्ने गरेका छन्।

प्रकाशित: २०८० जेठ २६ गते शुक्रबार १२:४८
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

देशका यी स्थानमा छ आज वर्षाको सम्भावना

काठमाडौँ- आइतबार कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा वर्षा हुन सक्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ। बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने र देशका अन्य...

ठेक्का लागेको ८ वर्षमा पनि बनेन पुल, सरकार रमिते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोक र बाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडा जोड्ने पुल ठेक्का लागेको ८ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन। काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५...

‘लू’बाट बच्न के गर्ने? यस्तो छ डाक्टरको सुझाव

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले तराईको केही भूभागमा अत्यधिक गर्मी हुने हुँदा सचेत रहन आग्रह गरेको छ। विभागले वैशाख १० देखि १४ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना भएकाले सतर्कता...

कतारी राजालाई राष्ट्रपति पौडेलको आग्रह : हिमाल र पानीको संरक्षणमा सहकार्य गरौँ!

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका...

गर्मी चढेसँगै नदी झर्ने बढे [फोटो फिचर]

काठमाडौँ- गर्मी सिजन सुरु भएसँगै काठमाडौंबाट नजिक सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा चहलपहल बढेको छ। काठमाडौँको व्यस्त जीवन र थकान मेट्न यहाँ रहेका विभिन्न रिसोर्ट र सुनकोसी नदीमा गरिने र्‍याफ्टिङको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना