२०८३ कार्तिक १३ गते बिहिबार

‘लू’बाट बच्न के गर्ने? यस्तो छ डाक्टरको सुझाव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १३
garmi (14)

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले तराईको केही भूभागमा अत्यधिक गर्मी हुने हुँदा सचेत रहन आग्रह गरेको छ। विभागले वैशाख १० देखि १४ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

लुम्बिनी, मधेश प्रदेशका तराई भूभागका केही स्थानमा र पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा आगामी पाँच दिन अत्यधिक गर्मीको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको हो।

तापक्रम एक्कासि बढेपछि तातो हावा अर्थात् ‘लू’ चल्ने सम्भावना बढी हुन्छ। कन्सल्टेन्ट फिजिसियन डा.धुव्र गैरेले ‘लू’का कारण टाउको दुख्ने, वान्ता हुने, बेहोस हुने जस्ता स्वास्थ्य समस्या देखिने बताउँछन्।

डा.गैरेका अनुसार ‘लू’का कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, वान्ता हुने जस्ता लक्षण देखिने गर्दछन्। तातो हवाका कारण बालबालिका वृद्धवृद्धा तथा दीर्घरोगी बढी प्रभावित हुने उनको भनाइ छ।

‘‘यदि स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहन उहाँको सुझाव छ,’ उनी भन्छन्, ‘यदि तातो हावाका कारण मुटुको चाल तीव्र हुने श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप कम हुने, शरीरबाट पसिना निस्कने, टाउको अत्यधिक दुस्खने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिए बिरामीलाई तुरुन्त अस्पतालमा लैजानुपर्छ।’

‘लू’बाट बच्न के गर्ने ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा बच्न गर्मीको समयमा दिउँसो सकभर घर बाहिर ननिस्कन आग्रह गरेको छ।

यदि घर बाहिर निस्कनै परेमा छाता ओढ्ने वा पातलो कपडाले टाउको छोप्न, हाल्का खालको शीतल हुने कपडा लगाउन मन्त्रालयले आग्रह गरेको छ।

प्रशस्त मात्रामा पानी पिउने, बेलाबेलामा चिसो पानीले नुहाउने, खेतबारीमा वा घर बाहिर काम गर्दा बिहान वा बेलुकाको समयमा गर्ने, कागती पानी, नरिवलको पानी तथा फलफूलको रस पिउने, काँक्रोलगायत घरमै बनाएको ताजा खानेकुरा खान मन्त्रालयको आग्रह छ। साथै चिया, कफी, सोड जस्ता पेयपदार्थ नपिउन, धूम्रपान तथा मदिरा सेवन नगर्न मन्त्रालयको सुझाव छ।

प्रकाशित: २०८१ बैशाख १३ गते बिहिबार ०६:४८
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना