काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्यान्डका राजदूत एलिजावेथ भोन क्यापलरले बिदाइ भेट गरेकी छन्। साढे पाँच वर्षको कार्यकाल पूरा गरी स्वदेश फर्कनुअघि क्यापलरले राष्ट्रपतिसँग भेट गरेकी हुन्।
राष्ट्रपति भवन शीतल निवास पुगेर क्यापलरले स्विस सरकारले नेपालको विकास र नेपालीप्रति देखाएको सद्भाव उदाहरणीय रहेको बताएको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा सुरेशचन्द्र चालिसेले बताए। राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेका थिए।
राजदूत क्यापलरले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध प्रगाढ र बलियो बनाउन खेल्नुभएको योगदानको समेत राष्ट्रपति पौडेलले सो अवसरमा प्रशंसा गरेकी थिइन्।
स्विट्जरल्यान्डसँग १० नोभेम्बर १९५६ मा नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।


